सुर्खेतको गाई जात्रा हेर्नुहोस

_161112सुर्खेत, ३ भदौ ।
सुर्खेतमा गाईजविगतमा झै यसपाली पनि सुर्खेतमा धुमधामसगँ गाई जात्रा पर्व वनाइएको छ ।
पर्वको अवसरमा सुर्खेतको लाटिकोइलीवाट गाई जात्रा निकालिएको छ ।
लाटिकोइलीवाट झाकीसहित निकालिएको गाई जात्रा रमाइलो गदै वीरेन्द्रनगर बजारका विभिन्न ठाउँमा पुगेको थियो ।
मुख्यगरी नेवार समुदायले मनाउने भएपनि सुर्खेतमा भने सवै समुदायले सामाजिक सदभाव र एकताका साथ गाईजात्रा पर्व मनाउदै आएको झाँकीमा सहभागी नवीनकुमार शाक्य बताउनु हुन्छ ।
वर्षदिन भित्र मृत्यु भएका आफन्तको सझनामा वालवालिकाहरुलाई गाइका रुपमा सिंगारी नगर घुमाउदै यो वर्ष मनाउने गरिन्छ ।
विगतको तुलनामा लोप हुदै गएकोले अग्रजको सल्लाह र सुझाव अनुसार यो वर्ष मनाउदै आएको झाकीका अर्को सहभागी सुर्वणभूषण मानन्धरले उल्लेख गर्नुभयो ।
पुर्खाले सृजना गरेको यो पर्व कतै लोप हुन्छ कि भन्ने युवापुस्तालाई डर छ । त्यही डरका कारण आफुहरु यसको निरन्तरतामा जुटरहेको लाटिकोइलीका मिलन श्रेष्ठ बताउनु हुन्छ ।
_162745गाई जात्रा पर्व सवैको साझा पर्व पनि हो । त्यसैले यसको संरक्षण र विकासको लागि राज्यवाट पनि उत्तिकै सहयोग र चासो हुनु पर्ने सुवर्णभूषण मानन्धरको जोड छ ।
गाईजात्रा पर्वलाई राजनीतिक, सामाजिक, सास्कृति लगायतका विभिन्न विकृति विसंगति विरुद्ध व्यडग्य प्रहार गर्ने अवसरको रुपमा पनि लिइन्छ ।
त्यसैले यस्तो महत्वपूर्ण पर्वलाई जर्गेना गर्न लाटिकोइलीमा रहेको शिवविहार पुस्ताकालयले हरेक वर्ष यो पर्वको आयोजना गदै आएको पुस्तकालयका कोषाध्यक्ष सुरेश मानन्धरले वताउनु भयो ।
गाई जात्रा सवै जातजाति र समुदायको साझा पर्व पनि हो । त्यसैले यसको संरक्षण र विकास गर्नु पर्ने हामी सवैको साझा दायित्व पनि हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया