२ वर्षभित्रै भेरी पम्पिङ आयोजना निर्माण हुन्छ— मन्त्री सिंह

सुर्खेत, १४ फागुन ।
खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानको लागि २ वर्षभित्रै भेरी पम्पिङ आयोजना निर्माण हुने बताउनु भएको छ ।
खानेपानीको दीर्घकालीन समस्याको समाधान गर्न आयोजनाको प्रारम्भिक काम सुरु भएको उल्लेख गदै उहाँले २ वर्षभित्रै आयोजना पुरा हुने बताउनु भयो ।
रफत संचार क्लव सुर्खेतको आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आयोजना पुरा गर्नको लागि १ अर्ब रुपैया लाग्ने जानकारी दिनुभयो ।
भेरी पम्पिङ आयोजनाको चालु आर्थिक बर्षमा विस्तृत परियोजना रिपोर्ट तयार गरी सक्ने जनकारी पनि मन्त्री सिहले दिनुभयो ।
उहाँले पहिलो चरणमा रिपोर्ट तयार पारी इन्टेक र रिजभ्र्वायर निर्माण गर्ने र दोस्रो चरणमा वितरण प्रणालीको काम गर्ने उल्लेख गनुृभयो ।
सन् २०३० भित्र सम्पूर्ण नेपालीलाई स्वच्छ पानी, पूर्ण सरसफाई बनाउनको लागि सरकारले सुख्खा क्षेत्रका बासिन्दाहरुलाई खानेपानी उपलव्ध गराउन
लिफ्ट आयोजना, आकाशे पानी संकलन आयोजना, हिमपानी संकलन आयोजना, तराईका स्यालो ट्युवेल हटाउ अभियान संचालन गरि रहेको मन्त्री सिहले बताउनु भयो ।
एक घर एक धाराको अभियान संचालन गरिएको भन्दै उहाँले स्वच्छ खानेपानी र पूर्ण सरसफाईयुक्त वातावरण बनाउन सरकार लागि परेको दावी गनुृभयो ।
कायक्रम रफत संचार क्लव सुर्खेतका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारको सभापत्विमा भएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया