
तस्वीर जनज्योति मावि वड्डीचारका प्रधानाध्यापक नारायण सिग्देलको फेसवुकवाट ।
सुर्खेत, २५ असार ।
सुर्खेतका तीन वटा सामुदायिक विद्यालय नमुना विद्यालय वन्न सफल भएका छन ।
कुनाथरीको जनज्योति मावि वड्डीचौर, मेहकुनाको नेपाल राष्टिय माध्यामिक विद्यालय वडाखोली र वीरेन्द्रनगरको जन माध्यामिक विद्यालयलाई नमुना विद्यालय बन्न सफल भएका हुन ।
शिक्षा मन्त्रालयले सुर्खेतका यी विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरेको हो ।मन्त्रालयको सचिव स्तरीय निर्णयले यी विद्यालयलाई नमुना विद्यालय विकास तथा संचालनका लागि छनौट गरेको बताएको छ ।
जनज्योति मावि वड्डीचारका प्रधानाध्यापक नारायण सिग्देलले आफनो विद्यालय नमुना विद्यालयको रुपमा छनौट भएकोमा खशी व्यक्त गर्नु भएको छ ।
उहाँले विद्यालय नमुना विद्यालयको रुपमा छनौट हुनको सम्पूर्ण श्रेय शिक्षक, अभिभावक र विद्यार्थीलाई जाने समेत वताउनु भएको छ ।
राराखबर । २०७४, २५ असार आईतवार