कुशे गाउँपालिकाका ५८ जनाले अपाङ्ग परीचय पत्र पाए

बद्री पन्त
जाजरकोट १७, माघ ।
कुशे गाउँपालिका ५, ढिमेकी ४० बर्षीय ससिला सिंहले क बर्गको अपाङ्ग परीचय पत्र पाउदा खुसीले गदगद हुनु भयो । घरआगनमै अपाङ्ग परीचय पत्र पाइयो अब म पनि सरकारी सेवा सुविधा पाउने भए भन्दै हर्षित हुनु भयो । कुशे २ टालेगाउँका नवराज सिंहले पनि ग बर्गको अपाङ्ग परीचय पत्र पाए ।


ससिला र नवराज मात्र होइनन् कुशेका ५८ जना अपाङ्गता भएका व्यक्तीहरुले उक्त परीचय पत्र पाएको महिला विकास उपशाखा प्रमुख प्रियंका कुमारी झाले बताउनु भयो । शिवीरमा क बर्गका ६ जना, ख बर्गका ९ जना, ग बर्गका ३४ जना र घ बर्गका ९ जनाले अपाङ्ग परीचय पत्र पाएका हुन । ५ दिनको शिवीरमा ५८ जना अपाङ्गता भएका व्यक्तीहरुले परीचय पत्र पाउनु भयो । गाउँमा धेरै जना अपाङ्गता भएका व्यक्तीहरु छन । सवै जना शिवीरसम्म आउन सक्नु भएन झाले भन्नु भयो ।


यसैगरी शिवीरमा ३ सयलाई गरीव घर पहिचान परीचय पत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेलले वताउनु भयो । कुशेमा १ हजार ४ सय गरीव परिवार रहेका छन् । शिवीरमा अतिगरीव रातो कार्ड १ सय ६४ जना, मध्यम गरीव पहेलो कार्ड ७१ जना र सामान्य गरीव निलो कार्ड ६१ जनालाई वितरण गरेको पौडेलले वताउनु भयो ।


गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले जनतालाई घर आँगनमै सेवा दिने उद्देश्यले एकीकृत घुम्ती शिविरको आयोजना गरिएको बताउनु भयो । पहिलो चरणमा गाउँपालिकाको एक स्थानमा एकीकृत घुम्ती शिविर राखेका छौं, भने आउदा दिन वडा–वडामा यस्ता शिविरको आयोजना गछौं’ बस्नेतले भन्नु भयो । हाम्रो उद्देश्य जनतालाई घर आँगनमै सेवा दिने रहेको छ अध्यक्ष बस्नेत भन्नु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया