बद्री पन्त
जाजरकोट २९,फागुन
जाजरकोटको बारेकोट गाउँपालिका पशु पंछी विकास शाखाले पशुपालक कृषकलाई नस्ल सुधारको लागि उन्नत जातको राँगा, बोका, भेडाको थुमा वितरण गरेको छ । गाउँपालिकाको १ देखि ९ वडाका कृषकलाई वितरण गरिएको हो ।
पशु पंछी विकास शाखाले ९ वटा वडाका कृषक समुहलाई ९ वटा राँगा, १८ वटा बोका, ४ वटा भेडाको थुमा वितरण गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । राँगामा ४ लाख २५ हजार, बोकामा ३ लाख ६० हजार र भेडाको थुमामा ८० हजार वजेट खर्च भएको शाहले बताउनु भयो ।
बारेकोट गाउँपालिका भित्र गाईगोरु ३२ हजार, भैसीराँगा १८ हजार, भेडाभेडी १२ हजार, बाख्राबोकाखसी १५ हजार, घोडा ६ सय, कुखुरा ६ हजार लगाएत पशु बस्तु रहेको पंछी विकास शाखा प्रमुख गोविन्द्र सिंहले बताउनु भयो ।
गाउँपालिकाले ९ वटै वडामा पशु उपचारका लागि सहज सेवा दिन ९ जना पशु प्राविधिक करारमा नियुक्ती गरेको छ । गाउँपालिकाले कृषकहरुलाई पशुपालनको क्षेत्रमा व्यवसायीकरण गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम सन्चालन गर्दै आएका छ ।
राराखबर । २०७५, २९ फाल्गुन बुधबार