विरुवा वेचेर ७ लाख आम्दानी

बद्री पन्त
जाजरकोट २१, साउन
जाजरकोट नलगाड नगरपालिका ५, खाल्चौरका युवा उद्यमी केशबबहादुर रावलले यसबर्ष नर्सरीबाट ७ लाख आम्दानी गर्नु भएको छ । ३५ हजार विरुवा वेचेर ७ लाख आम्दानी गर्नु गर्नु भएको हो ।
छ वर्ष अघि रावलले रावल फलफुल नर्सरी उद्योग सञ्चालन गरेर विरुवा उत्पादन गर्दै आउनु भएको छ । रावल त एक प्रतिनीधी उद्धाहरण मात्र हुन ।
जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता टार्न रावलले गाँउमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आउनु भएको छ ।


सामान्य लेखपढ गरेका रावल रोजगारीको खोजीमा धेरै पटक भारतको कालापाड पुगेको बताउनु हुन्छ । कालापाडको कमाइले घर व्यवहार चलाउन मुस्कील थियो । रोजगारीको खोजीमा भौतारिनु भन्दा आफैंले उद्यम सञ्चालन गर्ने सोचेर ६ बर्ष अघि निजी लगानीमा नर्सरी उद्योग सञ्चालन गरेको रावलको भनाइ छ ।
सुरुवात गरेको नर्सरी र त्यहाँबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई पनि यस्ता नर्सरीले पाठ सिकाएको रावलको भनाइ छ । रावलले नर्सरी सुरुवात गर्दा करिब ३० हजार लगानी गरेको बताउन भयो । नर्सरी उद्योगमा अहिले ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी लगाएत ६० हजार बिरुवा छन । नर्सरीले बिरुवा अनुसारको मूल्य कायम गरेको छ । १५रुपैयाँदेखि एक सयसम्म बिरुवाको मूल्य पर्छ ।


नर्सरी उद्योग सञ्चालनमा आएपछि अन्य गाउँ तथा नगरपालिका तथा अन्य जिल्लाका नागरिकलाई पनि बिरुवा किन्न सहज भएको छ । गाउँमा नै नर्सरी उद्योग सञ्चालनमा ल्याएका रावलले अब यही नर्सरी उद्योगबाट उत्पादन भएका बिरुवा न्यून दरमा वितरण गरी व्यवसायलाई बढावा दिने बताउनु भएको छन् । यसैगरी रावलले मौरी पालन पनि गर्दै आउनु भएको छ ।
रावलको घरमा ५० घार मौरी छन् । मौरीबाट गएको बर्ष ५ लाख आम्दानी गरेको रावलको भनाइ छ । नर्सरी र मौरी व्यवसायबाट छोराछोरी पढाउन र घर व्यवहार चलाउन सहज भएको रावलको भनाइ छ ।
जिल्ला कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले कृषि ज्ञान केन्द्रको सहयोगमा जाजरकोटका युवाहरुले कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सफल हुदै गएको बताउनु भयो । युवाहरु व्यवसायिक नर्सरीमा लागेपछि विरुवाको आयत पनि घटदै गएको उल्लेख गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया