कार्यालयमा कर्मचारीको ताला

सुर्खेत, २२ भदौ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीले कार्यालयमा आइतवार ताला लगाएका छन् । कार्यालय प्रमुखले कर्मचारीको हित विपरीत काम गरेको आरोप लगाउदै उनीहरुले ताला लगाएका हुन ।

कर्मचारीले स्किम नम्बर ४, ५ र ९ का प्रमुख तथा कार्यालय प्रमुख डम्वर गौतम कर्मचारीहरुको हित विरुद्ध लागेको आरोप लगाए ।
बीरेन्द्रनगरबासीलाई खानेपानी वितरण गर्दै आएको संस्थामा आवद्ध कर्मचारी आन्दोलनमा उर्तिएपछि खानेपानी सेवा प्रभावित हुने देखिएको छ ।
श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले कर्मचारीहरुले पटक–पटक आग्रह गर्दा पनि मागको सुनुवाई नभएकोले बाध्य भएर तालावन्दी गरिएको बताए ।

खानेपानी वितरण बाहेकका सवै सेवाहरु ठप्प पारेको भन्दै माग पूरा नभएसम्म अन्दोलन नरोकिने चेतावनी कर्मचारी खिमलाल देवकोटाले दिए । मुल समितिले कार्यालय प्रमुख गौतमलाई हटाएपनि उच्च अदालतले उनलाई बहाली गरेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया