सुन्तला फल टिपी सकेपछि गर्नु पर्ने मुख्य कार्यहरु

सिचाई सुविधा भएका सुन्तला बगैचाहरुमा डब्वल रिङ ( डब्वल औंठी आकारको कुलेसो) बनाई सिचाई गर्नु पर्दछ । यसमा सिचाई सुविधा नभएमा स्याउला सोतर घाँसपात वा कालो पलाष्टिकको छाप्रोमा राख्नु पर्छ । बगैचामा रोग किरा लागेका, एकआपसमा जोडिएका, सुकेका, लामालामा काँडा भएका तथा सलक्क बढेका चोरहाँगाहरु, कलमी भाग भन्दा तलबाट पलाएका मुनाहरु, विरुवाको मुल काण्ड ४० देखि ५० सेन्टिमिटर भन्दा तल आएका सवै हाँगाहरु काँटछाँट गर्नुपर्छ ।

काँटछाँट गर्दा बनेका घाउहरुमा बोर्डोपेष्ट वनाई अनिबार्य लगाउनु पर्दछ । बोर्डमिश्रन पनि गर्नु पर्दछ । घरघरमा कमपोष्ट मल गोठे मल तयार गरी उचित तरिकाले मलजल गरी सुन्तला आदि फलफुलका बोटको स्वास्थ्यमा सुधार गर्नुपर्छ । साथै अन्य जानकारीका लागि
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ, सुन्तलाजात जोन जाजरकोट ।




फेसबुकबाट तपाईको प्रतिक्रिया