लकडाउनको समयमा खाद्यान्न ढुवानीको बाहानामा गुट्खा ल्याउने गरेका रहस्य खुलेको छ ।
बुटवलमा रहेको श्रीराम टोबाको उधोगले खाद्यबस्तु ढुवानी गर्ने गाडीमा अखाद्यबस्तु गुट्का ल्याएको गुट्का प्रहरीले प्रक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।
बुटवलबाट सुर्खेत ल्याउँदै गरेको भोला नामको गुट्खा सुब्बाकुना चेकपोस्टबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ना ३ ख ६९२१ नम्बरको ट्रकमा श्रीराम टोबाको उधोगबाट कोशेली जनरल स्टोरको नाममा आएको गुट्का बिहिवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कोशेली जनरल स्टोरका सचालक शिवराम अधिकारीले खाद्यान्नको नाममा लकडाउनको वेला ल्याउन नपाइने गुट्खा ल्याएको प्रहरीले उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी गोपाल रायमाझीले सय बोरोको विल र ७ वरोको विल नभेटिएको बताए ।
उनले बरामद गरिएको गुड्का कानुनी कारबाहीको लागि लकडाउन खुलेपछि राजश्ज विभागलाई बुझाउने पनि बताए ।
लकडाउनमा अखाद्य वस्तु ओसारपसार सम्बन्धी कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाएको पनि प्रहरीको भनाई छ ।
बुटवलमा रहेको उक्त उद्योगले राजश्व चुहावट गरेको अभियोगमा १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको पनि पाइएको छ ।
राराखबर । २०७७, १० जेष्ठ शनिबार