ओझेलमा प्राचीन स्मारक

बद्री पन्त
जाजरकोट १९, असोज
जाजरकोट पजारु गाउँ विकास समिति वडानं–८ घोगीमा रहेको प्राचीन स्मारक अलिखित इतिहासमा रहेको छ । हाल स्मारकका जानकार कोही पनि नहुदा प्राचीन स्मारक अलिखित इतिहासमा रहेको हो ।
जीर्णअवस्थामा रहेको पजारु घोगीको प्राचीन स्मारक संरक्षणमा पहिला कसैले ध्यान नदिएता पनि हाल पुरातत्व विभागले घेरावार गर्न थालेको छ । भत्किएर जीर्ण अवस्थामा पुगेका स्मारक स्तुभहरु पुरातत्व विभागले वर्षमादुई वटा मर्मत गर्ने गरेको स्थानिय शिक्षकगो विन्दप्रसाद गिरीले वताए । १२ वटा स्तुभुहरुमा २ वटा स्तुभ पुरै मर्मत गर्नु पर्ने अवस्थामा रहेको शिक्षकगिरीले जानकारी दिए ।
प्राचीन कालमै निर्माण गरिएको स्मारक कसरी, कसले निर्माण गरेको भन्ने कुरा आफुहरुलाई थाहा नभएको स्थानिय रामबहादुर वुढाको भनाई रहेको छ । कतिपय जानकारहरुले तिब्बतवाट देश निकाला गरिएका लामाहरु पजारुमा आएर उक्त स्मारक निर्माण गरेको वताउने गरेका छन् । तिब्बतवाट लखेटिएका लामाहरु भारतमा बस्दै आएका दलाही लामाको सरणमा जादा लामाहरु जाजरकोटको वाटोहुदै भारत पुगेको स्थानिय वुढापाकाहरु वताउछन् ।
चीनले देश निकाला गरेकालामाहरुले नै पजारुको घोगीमा रहेको उक्त स्मारक निर्माण गरेकाहुनभन्ने ठोकुवागर्न सक्ने प्रमाण भने कसैसंग छैन् । अनुमानका आधारमा उक्त स्मारकका वारेमा विभिन्न तर्क गर्ने स्थानियहरुले यसलाई धार्मिक स्थलका रुपमा परिभाषित गर्ने गरेका छन् ।
Estubha piceसत्य युगका मान्छेहरुले यसलाई धार्मिक स्थलका रुपमाप्रयोग गर्दै आएको हुनाले दैविकशक्तिहुन सक्ने कतिपयको भनाई रहेको छ । द्ववापर युगसम्म यसलाई धार्मिक स्थलका रुपमा निरन्तरता दिएको हुन सक्ने उनीहरुको भनाई रहेको छ । कलियुगमा सवै प्रकारका दैवीक शक्तिहरु दवि सकेको हुनाले हाल त्यहाँ कुनै प्रकारका दैवी शक्ति देखा नपर्ने धार्मिक आस्था राख्नेहरुको भनाई रहेको छ ।
हेर्दा पनि हेरी रौं जस्तो लाग्ने निकै पुरानो स्मारकमा रहेका स्तुभहरुका आकृतिको वनावट निकै लोभ लाग्दो रहेको छ । कुन सन्दर्भ र परिवेशमा कस्ले वनाएको स्मारक हो भन्ने कुराको लिखित इतिहास पछिल्लो पुस्ताको लागि नभएको माओवादी केन्द्रका नेता कालीबहादुर मल्ल वताउछन् ।
संरक्षणको अभावमा विग्रदै र भत्कदै गएको स्मारकको संरक्षण पुरातत्व विभागले गर्न थालेपछि भावी पुस्ताको लागि लिखित इतिहास नभएपनि भौतिक इतिहास जोगाई राख्ने कुरामा ढुक्क भएको नेतामल्लले वताए ।
पुरातत्व विभागको घेरावार भित्र रहेको उक्त प्राचीन स्मारकलाई थप सुरक्षाका लागि कसैले नष्ट गरे, भत्काए, हटाए, परिवर्तन गरे, अनाधिकृत काममा लगाए वा अरु कुनै किसमले हानी नोक्सानी पुर्याएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधित) को दफा १२ को उपदफा क, ख र ग अनुसार २५ हजार देखी १ लाख सम्मको जरिवाना वा ५ वर्ष देखि १५ वर्ष सम्मको कैद वा दुवै सजाय गर्न सकिने कानुनी ब्यवस्थालाई सार्वजनिक गरिएको छ । जिल्ला सदरमुका खलंगा देखि स्मारक रहेको स्थानपजारुको घोगी झण्डै १४ कोषको दुरीमा रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया