पदम केसी
जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका–४,गुहाराका युवा प्रेम रावलले लकडाउनले गर्दा बिद्यालयमा पढाई संचालन नभएकापछि बालबालिकालाई घरमै बोलाएर पढाई रहेका छन् ।
बालबालिकाको पढाईलाई निरन्रता दिन र शिक्षाको गुणस्तर सुधार गर्न घरमै बोलाएर कक्षा संचालक गरेको उनी बताउँछन् ।
समय मिलाएर पालै पालो फरक विषय पढाउने गरेका उनले उनले अहिले १६ जना बालबालिकालाई पढाई रहेका छन् ।
आफुले जानेको ज्ञान बाँडेको छु उनी भन्छन्, गाउँमा अनलाइन कक्षा सम्भव छैन, त्यसैले बालबालिकालाई घरमै बोलाएर पढाई रहेको छु ।
विद्यालय संचालन नभएको अवस्थामा आफ्नो बालबालिकालाई घरमा बोलाएर पढाउन थालेपछि गुहारका अभिभावक पनि खुशी भएका छन् ।
शिक्षाको गुणस्तर सुधार गर्नको लागि जनप्रतिनिधिहरु र शिक्षकहरु मिलेर नयाँ शैक्षिक अभियान संचालन गर्नुपर्ने रावल बताउँछन् ।
राराखबर । २०७७, ३ असार बुधबार