खानेपानी आयोजनामा अनियमितता भएको आरोप

पदम केसी
दैलेखको दुल्लु नगरपालिका -८, को बाइस धारा खानेपानी आयोजनामा आर्थिक अनियमितता भएको आरोप लगाइएको छ ।
आयोजनाकी कोषाध्यक्ष लक्ष्मी खड्काले अध्यक्ष हरिश खत्री र सचिव मखन आचार्यले आर्थिक अनियमितता गरेको आरोप लगाइन् ।
उनले अध्यक्ष, सचिवलगायतले आफुलाई यो विषयमा नबोल्न भन्दै पाँच लाख रुपैया दिन खोजेपनि आफुले नलिएको उनले बताइन् ।
४२ लाखको आयोजनामा २२ धारा निर्माण गर्न २९६ प्याक सिमेन्ट, ३५ घनमिटर बालुवा, १७ घनमिटर गिट्टी, ४ कन्ट्रोल सरिया र ४५० मिटर पाइप बचेको कोशाध्यक्ष खड्काले बताइन् ।
आयोजनामा कतिपय जनप्रतिनिधीलगायतको पनि मिलेमतो रहेको उनको आरोप छ ।
२९६ प्याक सिमेन्ट बचेकोमा ८५ प्याक देखाइएको पनि उनले गुनासो गरिन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया