सुर्खेत,३१ भदौ ।
सुर्खेतका बाढीपीडीतको सहयोगार्थ चलचित्र जिस्मको च्यारीटी सो शनिबार हुने भएको छ ।
बीरेन्द्रनगरको लक्ष्मी चलचित्र हलमा दिउसो १२ बजे च्यारीटी सो हुने आयोजकले बताएका छन ।
राजु गीरी प्रोडक्सनले तयार पारेको चलचित्रमा अर्चना पनेरु र सुरेन्द्र बुढाको मुख्य अभियन रहेको छ ।
च्यारीटी सोबाट संङकलन भएको रकमको केही प्रतिशत रकम सुर्खेतका बाढीपीडीतलाई बितरण गरिने निर्देशक राजु गीरीले बताउनु भयो ।
चर्चित नायिका अर्चना पनेरु र नवनायक सुरेन्द्र बुढाले अभियन गरेको जिस्म असार ३१ गते रिलीज भएको भएपनि सुर्खेतमा भने पहीलोपटक प्रदर्शन हुन लागेको हो ।
राराखबर । २०७३, ३१ भाद्र शुक्रबार