विश्वविद्यालय र अनेरास्ववियू क्रान्तिकारीवीच सहमति

सुर्खेत
मध्यपश्चिम विश्व विद्यालय र अनेरास्ववियु (क्रान्तिकारी) वीच विश्वविद्यालयमा देखिएका शैक्षिक समस्या समाधान गर्ने सहमति भएको छ ।
लामो वार्ता र सम्वादपछि विश्वविद्यालय र विप्लव निकट विद्यार्थी संगठनवीच १५ बुँदे सहमति भएको हो ।
शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीको हकहितमा क्रियाशिल हुँदै आएको क्रान्तिकारीले श्रावन ७ गते विश्व विद्यालयसँग उक्त मागहरु पेश गरेको थियो ।
विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समितिसँगको लामो  वार्ता र सम्वादपछि उक्त सहमति भएको क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीले बताए ।

तस्वीर विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समितिका संयोजक डा. लीलाधर तिवारी र क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाही नेतृत्वको वार्ता टोलीवीचको संवाद । तस्वीर प्रेम शाहीको फेसवुकबाट

यो सहमति पूर्ण रुपमा कार्यान्वयन हुनेछ भन्नेमा हाम्रो संगठन विस्वस्त छ, उनले भने, हाम्रो संगठनर विश्वविद्यालयवीचको महत्वपूर्ण सहमतिले शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य टेवा पुग्नेछ ।
विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समितिका संयोजक डा. लीलाधर तिवारीले विद्यार्थी संगठनसँग भएका सहमतिहरुले विश्वविद्यालयको शैक्षिक सुधारमा सहयोग पुग्ने बताए ।
उनले सवै विद्यार्थी संगठनवीच भएका सहमतिहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने पनि उल्लेख गरे ।
विश्वविद्यालय र क्रान्तिकारीवीचको सहमतिमा के छ ?




फेसबुकबाट तपाईको प्रतिक्रिया