देउता नुहाउन हिडेका जुनीचाँदेका २५ जना स्थानीय चाँदे हिमालमा बेपत्ता, एकको मृत्यु

सुर्खेत
चाँदे हिमालमा देउता नुहाउन हिडेका जुनीचाँदेका २५ जना स्थानीय बासिन्दा बेपत्ता हुनुको साथै एकको मृत्यु भएको छ ।
चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको बर्षातसँगै आएको हावाहुरीमा परी उनीहरु सम्पर्क विहिन भएको नेपाली काँग्रेस जाजरकोटका उपसभापति सर्वराज रावतले बताए ।
उनीहरु गत भदौ ३० गते गाउँबाट देउता नुहाउनको लागि चौरीपाटनको नदाई डाव हिडेका थिए । तिव्र रुपमा चलेको हावाहुरी र निरन्तरको बर्षात पछि आफुहरु हिजो साँझबाट तितरवितर भएको देउता नुहाउन हिडेका गणेश रावतले जनाएका छन् ।
उनका अनुसार २५ जना मध्ये शुक्रवार अर्थात आज विहान जनीचाँदे १ का ५८ बर्षका ऐवान रावत मृत अवस्थामा फेला परेको उनले जानकारी दिएको उपसभापति सर्वराज रावतले बताए ।
२५ जना मध्ये धेरैजसो सम्पर्क विहीन अवस्थामा रहेको र सम्पर्कमा रहेका पनि वेहोस अवस्था रहेको गणेश रावतले बताए ।
सर्वराज रावतका अनुसार गणेश रावतले आफुलाई उद्धारको लागि पहल गरिदिन आग्रह गर्दा गदै मोवाइल पनि स्वीच अफ भएको बताए ।
चाँदे हिमाल झण्डै ५ हजार मिटर उचाईरमा रहेको अनुमान गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया