कर्णाली केयर अस्पतालमा अतिविपन्न मुस्लिम महिलाको नि:शुल्क अप्रेसन

सुर्खेत
घाँस काट्ने क्रममा रुखबाट लडेर दाहिने हात भाँचिएकी भैरवी गाउँपालिका–३, डाँडीमाडी दैलेखकी तस्लिमा खातुनको नि:शुल्क उपचार भएको छ ।
अति नै विपन्न मुस्लिम समुदायकी खातुनको कर्णाली केयर अस्पताल सुर्खेतमा निशुल्क उपचार भएको परिवारले जनाए ।
अस्पतालले भाँचिएको हातको निशुल्क अप्रेसन गरिदियो, तस्लिमका ससुरा परिम बक्स मिँयाले भने, हामीसँग उपचार गर्ने पैसा थिएन । हामी जस्ता विपन्नलाई अस्पतालले सहयोग गर्दा धेरै खुशी छौ ।

हाड जोर्ने तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेलसँग भाँचिएको हात देखाउँदै तस्लिमा खातु र उनका ससुरा परिम बक्स मिँया ।

अस्पतालका डा. रुपक कँडेलले विपन्न समुदायको भएकोले नि:शुल्क उपचार गरेको बताए ।
पैसा नभएपनि विरामीको उपचार रोक्नु भएन नि, डा. कँडेलले भने, सामाजिक सेवा भाव राखेर नि:शुल्क अप्रेसन गरियो ।
भाँचिएको हातको अप्रेसनसहित खातुनको उपचारमा लाग्ने करिव ४०–५० हजार रुपैया अस्पतालले नै व्यहोरेको छ ।
उपचार गर्ने पैसा नहुँदा पाँच दिनसम्म पनि अस्पताल नआएर घरमै बसेको खातुनले बताइन ।

भाँचिएको हातको अप्रेसन गदै हाड जोर्ने तथा नसारोग विशोषज्ञ डा. रुपक कँडेलसहितको स्वास्थ्यकर्मीको टिम

हाँत ठिक नभएपछि गाउँलेसँग ऋण सापट गरेर अस्पतालसम्म पुगे पनि अप्रेसन गर्ने पैसा नभएर घर फर्किने खोज्दा अस्पतालले उपचारमा सहयोग गरेको उनी बताउँछिन् ।
यदि अस्पतालले नि:शुल्क उपचार नगरेको भए जीवनभर अपांग भएर बस्नु पथ्र्यो होला उनी भन्छिन्, अस्पताल त हामी जस्ता विपन्नको लागि खुलेको जस्तो लाग्यो ।
भैर्खरै संचालनमा आएको कर्णाली केयर अस्पतालले अति विपन्न विरामीलाई निशुल्क उपचार गदै आएको जनाएको छ ।

निशुल्क उपचार पछि खुशी भएर घर फर्कदै तस्लिमा खातु र उनका ससुरा परिम बक्स मिँया

अस्पतालका उप निर्देशक दिपक गौतमले पैसाको अभावमा कुनै पनि विरामीको उपचार नरोकिएको बताए ।
उनले स्थापनाकालदेखि अहिलेसम्म अस्पतालले अति विपन्न दर्जनौ विरामीको उपचारमा सहयोग गरेको उल्लेख गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया