स्वास्थ्य सहायक आठ बर्ष देखि बेपत्ता

माया पन्त
जाजरकोट १४,  माघ
जाजरकोटमा कार्यरत एक जना स्वास्थ्यकर्मी ८ बर्ष देखी बेपत्ता भएपनि कुनै कारवाही भएको छैन । जिल्ला अस्पतालमा छैटौ तहको स्वास्थ्य सहायकको दरबन्दी भएका सप्तरी घर भएका डा.धनिकलाल यादव २०६५ साल देखि बेपत्ता छन् ।
केही बर्ष जिल्ला अस्पताल जाजरकोटमा सेवा गरेका डा. यादव २०६१ सालमा सुर्खेतको मेहेलकुना स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा काज सरुवा भएका थिए । जिल्ला अस्पताल जाजरकोटका अनुसार काज फिर्ता भएपछि पुनः भेरी अञ्चल अस्पताल नेपालगञ्ज काज सरुवा गराएर गएका थिए । क्षेत्रका अस्पताल र  विभागमा केही बर्ष काजमा बसेका डा. यादवको काज फिर्ता भएपछि २०६५ सालमा जिल्ला अस्पताल फर्किएका थिए ।
केही समय काम गरेर बेपत्ता भएका यादव अहिले सम्म सम्पर्कमा नआएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । स्वास्थ्य सहायक डा. यादवलाई हाजिर हुन आउने बारे घर ठेगानामा पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि गोरखापत्रमा सार्वजनिक सुचना समेत प्रकाशित गरिएपनि कानुनी अडचनले कारवाही हुन नसकेको जिल्ला अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेले बताउनु भयो ।
उनलाई कारवाही नभएपनि  ८ बर्ष देखी अहिले सम्म तलब भने लिएका छैनन् । “उनलाई कारवाही नहुँदा दरबन्दी होल्ड भएर बसेको छ । उनको सरुवा वा कारवाही नहुँदा अर्को स्वास्थ्यकर्मीको पदस्थापना गर्न समेत गाह्रो परेको छ । हाम्रो तर्फबाट गर्नु पर्ने सवै कारवाहीको प्रक्रिया अघि बढाईसकेका छौ” जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चाँदनी जैसवालले बताउनु भयो । उनलाई कारवाही वा सरुवा गरि उक्त पदमा अर्को स्वास्थ्यकर्मी पठाउन सम्बन्धित निकायमा माग गरेको अस्पतालले जनाएको छ । वेपत्ता डा. यादवले भने कारवाही भोग्दा सेवा सुविधा नपाई भन्दै राजिनामा स्वीकृत गराउन शक्तिकेन्द्र धाईरहेको स्रोतले जनाएको छ । लामो समय उनको पद विनाकाम होल्ड हुँदा उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया