स्वतन्त्र उम्मेदवार कार्कीको चुनाव चिन्ह पुतली

जाजरकोट
जाजरकोटबाट प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले पुतली चुनाव चिन्ह पाएका छन् । पुतली चुनाव चिन्ह पाएपछि उनले यसलाई रुपान्तरणको बिम्बको संज्ञा दिएका छन् । सामाजिक संजाल फेसबुकमा उनले पुतली चुनाव चिन्हलाई रुपान्तरणको बिम्ब भन्दै चुनावमा सहयोग गर्न जाजरकोटबासीलाई अपिल गरेका छन् ।


सत्ता गठवन्धनबाट शक्तिबहादुर बस्नेत र एमालेबाट निरज आचार्य उनका प्रतिस्पर्धी छन् । विश्वकै प्रभावशाली कोच कार्की जाजरकोट र जाजरकोटबासीको मुहार परिवर्तन गर्ने बाचा सहित चुनावी मैदानमा होमिएका छन् । उनलाई नयाँ पुस्ताको साथ रहेको पाइन्छ । ( को हुन कार्की र के गर्न चाहान्छन उनी  यो लि‌‍कमा गएर पढनु होला  https://www.onlinekhabar.com/2022/09/1193949 ) 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया