पत्रकारलाई ज्यान मार्ने धम्की

जाजरकोट २१, असार ।
समाचार लेखेकै आधारमा पत्रकार बद्री पन्त र जनक सिंहलाई ज्यान लिने धम्की दिने  सुनचाँदी व्यवसायीलाई तत्काल कारवाही गर्न तथा पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले माग गरेको छ ।
जाजरकोट शाखाले प्रेस विज्ञप्ती जारी गदै धम्कीप्रति घोर भत्र्सना गर्दै ज्यान मार्ने धम्की दिने सुनचादी व्यवसायीलाई तत्काल कारवाही गर्न स्थानीय प्रशासनसगँ माग गरेको छ ।
पत्रकार महासंघले समाचार लेख्ने पत्रकारलाई ज्यान लिने धम्की दिएको, एफएमको टेवल तोडफोड गरेको, सार्वजनिक ठाँउमा गालीगलौज गदै पत्रकारहरुलाई मानमर्दन गरेको उल्लेख गरेको छ ।
पत्रकारलाई हतोत्साहित पार्न तेजाव हालेर मार्ने लगायतका धम्कीपुर्ण अभिव्यक्ति गैरजिम्मेवारपुर्ण भएको महासंघले ठहर गरेको छ ।
शाखा सचिव दीपेन्द्र शर्माले जारी गरेकाे विज्ञप्तीमा दोषीलाई तत्काल कारवाही नगरे महासंघ कडा संघर्षमा उत्रने चेतावनी  दिइएको छ ।
त्यसैगरी प्रेस सेन्टर नेपाल जाजरकोट शाखाले पनि पत्रकारको ज्यान लिने धम्की दिनेलाइ तत्काल कारवाही गर्न माग गरेको छ ।
सेन्टरका केन्द्रिय सदस्य हेमन्त केसीले विज्ञप्ती जारी गदै दोषीलाई कडा कारवाही गर्न स्थानीय प्रशासनसगँ माग गरेका छन ।
त्यस्तै सामुदायिक रेडियो चौरजहारी एफएमले पनि पत्रकारको ज्यान लिने धम्की दिने उपर कानुन बमोजिम कडा कारवाही हुनुपर्ने माग गरेको छ ।स्टेशन म्यानेजर ज्ञानु गौतमले पत्रकारलाई मार्ने धम्की दिने, रेडियो जलाउने धम्की दिने सुनचादी व्यवसायीलाई तत्काल कारवाही गर्न माम गरेका छन ।
गुणस्तर तथा नापतौल कार्यालय नेपालगंजले गरेको अनुगमनमा जाजरकोटका सुनचादी व्यवसायीले उपभोक्तालाई ठग्ने गरेको पाइएको थियो ।
उपभोक्ता ठगीको समाचार लेखेपछि सुनचादी व्यवसायीले आफनो कर्तुत ढाकछोप गर्न पत्रकारलाई ज्यान मार्ने धम्की दिएको स्थानीयले वताएका छन ।
सुनचाँदी व्यवसायीले सोमबार दिउँसो रेडियोको कार्यालयमै पुगी ज्यान मार्ने धम्की दिएको रेडियो जाजरकोटका स्टेशन म्यानेजर सुरेन्द्र सिंहले बताए । .




फेसबुकबाट तपाईको प्रतिक्रिया