राजीवविक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष निर्वाचित

सुर्खेत
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष निर्वाचित भएका छन् ।
माल्दिभ्समा भएको महासंघको साधारण सभाले शाहलाई उपाध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष भने भारतका ललित बनोट चयन भएका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाह काँग्रेस केन्द्रीय सदस्य पनि हुन ।


अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको क्षेत्रिय महासंघ गठन गर्ने निर्देशन अनुसार दक्षिण एसियाली एथलेटिक्स महासंघको नयाँ कार्यसमिति चयन भएको शाहले बताए ।
उनले भने, यसअघि महासंघ गठनको प्रयास भएपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता भने पाएको थिएन ।
महासंघ गठनसँगै दक्षिण एसियाली राष्ट्रका बीचमा सिनियर र जुनियर च्याम्पियसिप प्रतियोगीताहरु हुने सम्भावना रहेको पनि उनले बताए । यही फागुन २३ गते २२ वर्षपछि नेपालले काठमाडौमा च्याम्पियनसिप आयोजना गर्दैछ ।
काठमाडौको गोकर्णमा हुन लागेको एसियन क्रस कन्ट्रीमा दक्षिण एसियाली राष्ट्रका प्रतिनिधि समेत रहेका महासंघका पदाधिकारी आउने सम्भावना छ ।
उक्त च्याम्पियनसिपमा सिनियर र जुनियरमा गरि १९ नेपाली खेलाडीले पनि भाग लिने बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया