भरगाउँमा निशुल्क वृहत स्वास्थ्य शिविर हुने

जाजरकोट
जाजरकोट नलगाड नगरपालिका ६ भारगाउँमा यही चैत्र १२ र १३ गते बृहत स्वास्थ्य शिविर हुने भएको छ । युवा समाजसेवी प्रणय विकको सक्रियतामा तथा वडा नम्वर ६ र छिताराम स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
शिविरलाई सफल बनाउन नेपाल युवा परिषद नेपाल र स्थानीय समाजसेवी जुहारीलाल सुनारले संयोजन गरिरहेका छन् । शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नसा रोग, वालरोग र जनरल फिजिसियन सेवाहरु दिइने समाजसेवी प्रणय विकले बताए ।
दुई दिनसम्म चल्ने निशुल्क स्वास्थ्य शिविरमा आएर सेवा लिन पनि विकले सबैलाई आग्रह गरेका छन् । शिविरमा नेपालगंजबाट डाक्टरहरु आउने बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया