बीरेन्द्रनगरका निर्माता

इन्जिनियर जनकबहादुर शाही बीरेन्द्रनगर नगरपालिकाको भौतिक विकासको मार्ग दर्शक हुनुहुन्छ । उहाँकै नेतृत्वमा वीरेन्द्रनगर नगरपालिकाले भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण फड्को मार्न सफल भएको छ । इन्जिनियर शाहीले नगरपालिकाको गुरुयोजना कार्यान्वयन पथप्रर्दशकको भुमिका मात्र खेल्नु भएन त्यसलाई कार्यान्वनय गरेरै छाड्नु भयो । त्यसकारण इन्जिनियर शाहीलाई बीरेन्द्रनगर नगरपालिकाको स्वरुप परिवर्तनको श्रेय जान्छ । नगरपालिकामा २२ वर्ष ८ महिना काम गर्नु भएका इन्जिनियरशाहीले सुर्खेतका महत्वपूर्ण भवन, सडकहरुरुपरेखा कोर्नुभयो । तिनीहरुको डिजाइन र निर्माण पनि गर्नुभयो । सवै काम जिरोवाट सुरु
रसियावाट इन्जिनियर गर्नु भएका उहाँ २०५१ साल भदौ महिनादेखि नगरपालिकामा काम गर्न थाल्नु भएको थियो । एकवर्ष अस्थायी रुपमा काम गर्नु भएका उहाँ २०५२ साल पुष १ गते स्थायी हुनु भएको थियो । बीरेन्द्रनगर नगरपालिकामा सेवा सुरु गर्दाको अनुभव सुनाउदै उहाँ भन्नुहुन्छ त्यतिवेला नगरपालिकाको बजेट जम्मा २० लाख हुन्थ्यो । त्यो सवै ठाउँमा पुरयाउनु पथ्र्यो । गुरुयोजना अनुसार काम भएको थिएन नत सडक बनेका थिए न विस्तार भएका थिए । भवनहरु पनि थिएनन् ।सवै काम जिरोवाट सुरु भएको हो ।
इन्जिनियर शाही आएपछि नगरपालिकाको भौतिक पूर्वाधारको विकासले गति लिएको थियो । उहाँले स्थानीय विकास मन्त्रालयको जगेडा कोषको सहयोगमा नगरपालिका भित्र सडक खोल्ने, सडकको स्तरबृद्धि गर्ने, नालाहरु बनाउने, ढल निर्माण गर्ने, प्लानिङ्ग गर्ने काम गर्नुभयो । उहाँकै नेतृत्वमा नगरपालिकाको भौतिक निर्माणको ६० प्रतिशत काम भएको छ ।
भौतिक पूर्वाधारको रुपरेखा कोरे
भर्खरै नगरपालिकामा गाभिएका उत्तरगंगा, लाटिकोइली, जर्वुटामा पनि शाहीले नै सडक लगायत भौतिक पूर्वाधारको रुपरेखा कोर्नु भएको थियो । बीरेन्द्रनगरको बसपार्क, ल्याण्ड फिल्ड साइड निर्माणको काम पनि शाहीकै पालामा अघि बढेका हुन । चक्रपथको सम्भाव्यता अध्ययन देखि २०५१ सालदेखि अहिलेसम्म नगरपालिकाभित्र जति भौतिक पूर्वाधार निर्माणका कामहरु भए ति सवैमा शाहीको भुमिका प्रमुख छ । अहिले पनिउहाँले कोरेको बाटोमा वाँकी कामहरु भैइरहेका छन ।
उहाँसगँनगरपालिकाको निमित कार्यकारी अधिकृतको रुपमा काम गरेको प्रशासनिक अनुभव पनि छ । नगरपालिकाको इन्जिनियरको रुपमा काम गर्न थालेपछि उहाँले नगर विकास कोषसँग समुन्य गरेर वीरेन्द्रनगर नगरपालिका भित्र रहेका अमरज्योति, भैरव, श्रीकृष्ण संस्कृत तथा सधारण, तत्कालिन बीरेन्द्रनगरबहुमुखी क्याम्पसको प्रशासनिक भवनको डिजाइन गर्नु भएको थियो । नगरपालिकाको भवनको पनि डिजाइनर शाही नै हो ।त्यति रुचीले इन्जिनियर पढे
सानै देखि निर्माणको काममा रुची थियो । सानोमा खेल्दा सडक, घरहरु बनाएरखेल्थे । त्यति रुचीले इन्जिनियर पढे । मेरो पालमा देशैभरीवाट ५६५ जनाले प्रथम श्रेणीमा एसएलसी उर्तिण गरेका थिए । त्यो वेला जे चाहे त्यही पढ्न पाइन्थ्यो ।एसएलसी पास गरेपछि इन्टर पढनएचए र ओभरसियर दुवै ठाउँमा इन्टान्स फारम भरे । दुवैमा नाम निस्कियो पनि । स्वास्थ्य छाडेर इन्जिनियर क्षेत्र रोजे । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसवाट पढाई सकेपछि उहाँ २०३९ सालमा सरकारी सेवामा प्रवेस गर्नुभयो । सार्वजनिक निर्माण शाखा दैलेखमा सिभिल ओभरसियर भएर काम गर्नुभयो । त्यसपछि सिन्धुली जिल्ला सरुवा भयो । सिन्धुली काम गरेको ९ महिनामै २०४३ सालमा ओखलढुंगा सरुवा भयो । ओखलढुंगा हाजिर भएको १ महिनामा उहाँले विदेशमा इन्जिनियर पढने प्लान पाउनु भयो ।
रसियावाट इन्जिनियर
स्थायी सरकारी जागिर छाडेर इन्जिनियर पढन रसिया जानुभयो । सरकारी छात्रबृतिमा रसियाको राजधानी मस्कोवाट १२ सय किलोमिटर उत्तरपश्चिममा रहेको रास्तोपसिभिल इन्जिनेरिङ्ग इन्स्टयुटमा उहाँको इन्जिनियरको पढाई सुरुभयो । रास्पतोप सहर व्याक सि नजिकै पर्छ । ९२ प्रतिशत अंक ल्याएर इन्जिनियरको पढाई पुरा गर्नुभयो । रसियावाट इन्जियिरको पढाई सकेर उहाँ २०५० सालमा नेपाल फर्किनु भयो । त्यसपछि जिल्ला विकास समिति दैलेखमा इन्जिनियरको रुपमा काम गरे उहाँले भन्नुभयो दैलेखको जागिर छाडेर वीरेन्द्रनगर नगरपालिकामा आए ।
एकदमै सरल स्वभावका इन्जिनियर शाहीले विकासको गुणस्तरमा कसैसँग संझौता गर्नु भएन । इन्जिनियरको रुपमा नगरपालिकामा काम गर्दा उहाँले जथाभावी रुपमा सडक खोल्ने परम्पराको अन्त्य गर्नुभयो । ३ मिटरको बाटो खोल्ने अनि जग्गा किनवेच गर्ने काम हुदै आएको थियो । अहिले ६ मिटर भन्दा कमको वाटो खोल्न पाइदैन । नगरपालिकालाई सुन्दर र समृद्धि बनाउन यो गरिएको थियो उहाँले भन्नुभयो ।
वीरेन्द्रनगर सहर हैन गाउँ
पहिला बीरेन्द्रनगर सहर हैन गाउँ थियो । नगरपालिकामा काम गर्दाको आफनो अनुभव सुनाउदै इन्जिनियर शाहीले भन्नुभयो अहिले बल्ल सहर जस्तो भएको छ । यसलाई सुन्दर सहर बनाउन वाकी नै छ । त्यसका लागि अझ धेरै काम गर्नुपर्छ । बीरेन्द्रनगरलाई आर्थिक, सामाजिक, राजनैतिक र भौतिक रुपमा स्मार्ट सिटी बनाउन सकियो भने मात्रै हामीले कोरेको सपना पुरा हुन्छ शाहीले भन्नुभयो ।गरिवको लागि अक्षय कोष
एउटा इमानदार इन्जिनियरको छवि वनाउनु भएका शाही सामाजिकसेवामा पनि उत्तिकै सक्रिय हुनुुहुन्छ । एकतिर नगरपालिका र नगरवासीलाई आफनो ज्ञान, सीप र क्षमता बाडँदै आउनु भएको छ भने अर्कोतिर गरिव, असहायको पनि सेवा गदै गरिरहनु भएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग गर्नको लागि श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा १ लाख १० हजार रुपैयाको सत्यसाई चन्द्रकला अक्षय कोष स्थापना गर्नु भएको छ । त्यो कोषवाट वर्षेनी २ जना विद्यार्थीले पढनको लागि छात्रवृति पाउदै आएका छन । यस्तै सत्यसाई केन्द्रमा पनि उहाँले १ लाख १० हजार रुपैयाको अक्षय कोष खोल्नु भएको छ । त्यो कोषवाट पनि हरेक वर्ष २ जना गरिव वालवालिकालाई पढनको लागि सहयोग भैइरहेको छ ।
गरिव तथा विपन्नलाई निुशल्क सेवा
इन्जिनियर शाहीले गरिव तथा विपन्न समुदायको लागि निशुल्क रुपमा घरको नक्सा बनाउनु हुन्छ । आयआर्जन कम भएका कर्मचारी र अन्य ऋणदातालाई सम्पति मुल्याकन गर्दा लाग्ने शुल्कमा छुट दिदै आउनु भएको छ । चन्द्र इन्जिनियरिङ्ग कन्सल्टेन्सी मार्फत उहाँले यो सेवा दिइरहुन भएको छ । उहाँको कन्सल्टेन्सी २ जना इन्जिनियर सहित ५ जनाले काम गरिरहेका छन ।
समाज सेवामा पनि उत्तिकै सक्रिय
प्राविधिक सेवा सगसगै समाजिक सेवा गर्ने उहाँको भावी योजना छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार जस्ता पक्षलाई पहिलो प्राथमिकतालाई राखेर नगरपालिकासँग सहकार्य गर्ने योजना पनि उहाँले बनाउनु भएको छ । प्राविधिक सेवा लिन चाहने जनतालाई निशुल्क सेवा दिने सोच पनि उहाँको छ ।
इन्जिनियर शाही बरिष्ठ योग प्रशिक्षक पनि हुनुहुन्छ । १० वर्षदेखि योगमा सक्रिय उहाँकै सक्रियतामा पतंनजली योग पिठका ४ वटा योग कक्षाहरु संचालन भैइरहेका छन । नेवारे, इत्राम, राममन्दिर र पिपिरामा कक्षाहरु चलिरहेका छन । समाज सेवामा निकै सक्रियश्रीमतिलाई पनि टोल सरसफाई देखि जुवातास, जाडरक्सी नियन्त्रणको अभियानमा इन्जिनियर शाहीले साथ दिदै आउनु भएको छ । त्यसपछि मात्रै स्मार्ट सिटी
नमुना नगरपालिका बन्नको लागि बीरेन्द्रनगर नगरपालिकाले विकासको ठोस मोडेल बनाउनु पर्छ उहाँ भन्नहुन्छ, त्यसमा आर्थिक विकास कसरी गर्ने ? सामाजिक विकास कसरी गर्ने ?भौतिक विकास कसरी गर्ने ?भनेर उल्लेख हुनपर्छ । ठोस योजना बनाएर कार्यान्वयन गर्ने हो भने वीरेन्द्रनगर साँच्चिकैनुमना नगरपालिका वन्छ । सर्वप्रथम वीरेन्द्रनगर नगरपालिका भित्र रहेको अव्यवस्थीत बसोवासलाई व्यवस्थीत गर्नेतिर लाग्नुपर्छ । प्यारागलाइडिङ, होम स्टेयमा जस्ता पर्यटन पूर्वाधारमा पनि उत्तिकै जोड दिुनपर्छ । यस्तो गर्न सकेमात्र स्मार्ट सिटी बन्छ ।
गुणस्तरमा संझौता गरिन
कामको सिलसिलामा इन्जिनियर शाहीले कसैको दवाव झेल्नु भएन । उहाँ भन्नुहन्छ नीति नियम अनुसार काम गर्ने भएकोले मलाई कसैको दवाव दिएन । म कसैको दवावमा काम गर्ने मान्छे पनि हैन । जे गर्छु नियम कानुनको परिधी भित्र रहेर गर्नु कसैको दवावमा हैन । उहाँले गुणस्तरीय काममा कसैसँगकहिल्यै सझैता गर्नु भएन । उहाँ भन्नुहुन्छ मरो कामप्रति कसैले प्रश्न उठाएनन् । जे गरे राम्रै नियतको साथ गरे ।
गाउँमा दिपावली
५६ वर्षे इन्जिनियर शाहीले जीवनमा धेरैतितामिठा अनुभवहरु संलाग्नु भएको छ । इन्टर पढन पुल्चोक क्याम्पसमा इन्टान्समा नाम निकाल्छ निकै खुशी भएको थिए । उहाँले भन्नुभयो आफुले पढन चाहेको विषयमा नाम निकालेपछि एकदमै खुशी लागेको थियो । त्यो दिन मेरो गाउँमा दिपावली पनि भएछ ।अर्कोतिर रसिया पढने अवसार पाएको वेला पनि निकै खुशी भएको थिए । एउटा गाउँलेको छोरा छात्रबृत्तिमा रसियामा पढन जान पाउनु ठुलो कुरा थियो ।
आम्दानीको १० प्रतिशत समाजसेवामा
इन्जिनियर जनकबहादुर शाहीले आफनो आम्दानीको १० प्रतिशत रकम सामाजिक सेवामा खर्चदै आउनु भएको छ ।गरिव तथा जहेन्दार विद्यार्थीको लागि २ वटा अक्षय कोष स्थापना गर्नु भएको छ । निकट भविस्यमै हृदय रोगीका लागि अर्को अक्षय कोष खोल्ने योजना पनि उहाँको छ । हृदयरोवाट पीडित भएका गरिव तथा विपन्न समुदायका व्यक्तिलाई १ लाख ३० हजारको अक्षय कोष खोल्छु । त्यो कोषलाई विस्तारै वढाउदै जान्छु । कम्तिमा पनि यातायात खर्चदेखि थोरै भएपनि उपचार खर्च दिन सकियो भने राम्रो हुन्छ ।
४ घण्टा मात्रै सुत्थ्यौ
रसिया इन्जिनियर पढन गएपछि वर्षदिन सम्म घर परिवार र समाजको यादले धेरै सतायो । ६ वर्ष रसिया अध्ययनको सिलसिलामा सुरुको वर्ष घरको यादले सताउन थालेपछि किन पढन आए जस्तो पनि लाग्यो ?त्यसपछि विस्तारै समायोजन हुदै गए उहाँले भन्नुभयो । त्यसपछि २ वर्षपछि एक पटक मात्रै घर आए । अर्को पटक गर्मी विदामा घर नआएर युरोपका देशहरु घुम्न गए ।पोल्याण्ड, जर्मनी, चोकोस्लाभिया, हंगेरी, स्वीजरल्याण्ड, लगायतका युरोपका देशहरु घुम्नु भयो ।राम्रो अंक ल्याउनको लागि मिहिनेत गर्नुपथ्र्यो । राम्रो अंक ल्याएन भने रसिया पढेको अर्थ पनि हुदैथ्यो । इन्जिनियर पढने वेला ४ घण्टामात्रै सुत्थ्यौ । वाकी समय पढ्नमै वित्थ्यो । रुम पाटनर गुल्मीका टीकाराम पन्थी हुनुहुन्थ्यो ।
गुरुको याद आउछ
मलाई पढाउने गुरु आलेसान्द्रोभ मिखायलनोपको एकदमै याद आउँछ । उहाँले मलाई नयाँ जीवन दिनुभयो । मेरो पढाई पुरा गर्नको लागि ठुलो सहयोग गर्नुभयो ।डिग्री गर्दा धेरै मिहिनेत गर्नुपथ्यो । गुरुले मलाई रियल प्रोजेक्ट दिनुभयो । थुप्रै सामाग्रीहरु प्नि दिनुभयो । उहाँकै प्रेरणाले मैले सिभिल इन्जिनियरको उपाधी हासिल गरे जस्तो लाग्छ । इन्जिनियर पढदा अल्र्जेरिया, इथियोपिया, धाना, यमन, जिम्वावे लगायका देशका साथीहरु थिए । जादा कम्युनिष्ट शासन आउँदा पतन
रसिया पढदै कुनै समस्या भएन ।कानुन अनुसार हिडनु पथ्र्यो, आफनो काम आफै गर्नु पथ्र्यो । कडा कम्युनिष्ट शासन भएकोले आफनो जिम्मेवारी पुरा नगरे कडा सजाय भोग्नु पथ्र्यो । तर म फर्कनु भन्दा एक महिना अघि नै रुसमा कम्युनिष्ट शासन पतन भयो । जादा कम्युनिष्ट शासन थियो फर्किदा पतन भयो ।
धेरै मिहिनेत गरे, अरुलाई टप्न दिइन
इन्जिनियर शाहीको पुर्खेली घर धनकुटा हो । १९८० सालमा उहाँको परिवार बसाई सरेर सिराह आएको थियो । शाहीका जिजुवाजे जिम्वाल हुनुहुन्थ्यो । सिराहको विष्णुपुरकट्टीमा तत्कालिन राणा सरकारले उहाँका जिजुवाजेलाई सय विगाह जग्गा दिएको थियो । सरकारी सेवा गरे बाफत जग्गा पाइएको थियो ।
उहाँको वाल्य कालको शिक्षा गाउँकै नेपाल राष्टिय प्राथमिक विद्यालयबाट सुरु भएको थियो । बिष्णुपरकट्टीमा रहेको प्राथमिक विद्यालयमा उहाँले ४ कक्षासम्म पढनु भयो । ४ कक्षासम्म पढाईमा कमजोरै थिए इन्जिनियर शाहीले भन्नुभयो त्यसपछि माथिल्लो कक्षाहरुमा धेरै मिहिनेत गरे, अरुलाई टप्न दिइन, सधै प्रथम भैइरहे । २०३५ सालमा तुल्सीराम सत्यभाम डोटेल माध्यामिक विद्यालयवाट प्रथम श्रेणीमा एसएलसी पास गरे । त्यसपछि उहाँ उच्च शिक्षाको लागि काठमाडौ गए । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसवाट प्राविधिक प्रविणता प्रमाण पत्र तह उर्तीण गरे (पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित )




फेसबुकबाट तपाईको प्रतिक्रिया