एम्वुलेन्स किन्न अमेरिकाबाट मनिरामले दिए सवालाख

जाजरकोटको नलगाडबासीका लागि एम्वुलेन्स किन्न अमेरिका निवासी युवा समाजसेजी मनिराम जैशीले १,१५,५५५ रुपैया सहयोग गरेका छन् ।
नलगाडका युवाले एम्वुलेन्स किन्न संचालन गरेको अभियानलाई साथ दिदै उनले सवैभन्दा धेरै रकम सहयोग गरेको अभियानका संयोजक प्रत्रकार प्रकाश पन्तले बताए । क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा रहेका उनी लामो समयदेखि समाज सेवामा सक्रिय छन् ।
नेपालमा हुने हरेक सामाजिक काममा सहयोग गदै आएका उनले नलगाडबासीको सुविधाको लागि एम्वुलेन्स किन्न अभियान चलाउन सुरुदेखि सल्लाह, सुझाव दिएर बारम्वार उत्प्रेरित गदै आएका थिए ।
समस्यामा परेका थुप्रै मान्छेलाई सहयोग गरेका उनले हरेक सामाजिक काममा मन, बचन र कर्मले सहयोग गदै आएको बताए ।
आकस्मिक रुपमा हुने दुर्घटनाबाट नलगाडबासीलाई बचाउँन एम्वुलेन्स किन्नको लागि उनले गरको सहयोगलाई नलगाडबासीले कहिल्यै पनि नभुल्ने युवाहरुले बताए ।
समाजसेवी जैसीको योगदान सधै अविस्मरणिय हुनेछ, अभियानका संयोजक पन्तले भने, अभियानलाई प्राप्त भएको यो रकम अहिलेसम्मकै सवैभन्दा धेरै हो, उहाँको साथ नपाएको भए अभियान संचालन गर्ने आँट पनि हुने थिएन् ।
उनको तन अमेरिका भए पनि मन भने नेपालमै छ । त्यसैले उनले अमेरिकामा बस्ने नेपाली होउन वा नेपालमै बस्ने नेपाली, परेको बेला सक्दो सहयोग गदै आएका छन् ।
बालबालिकाको शिक्षामा करिब अहिलेसम्म करिव ३० लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।
कोहलपुरको ज्ञानकुन्ज विद्यालय, सुर्खेतको पोषण पुनस्र्थापना गृह, जाजरकोटका मुटुरोगी बालक, भूकम्पपीडित बालबालिका, सबैलाई उनले सक्दो सहयोग गरेका छन् ।
‘म आपूmले पाएको दुःख सम्झेर हो कि के हो थाहा छैन, दुःख पाएकालाई सहयोग गर्न पाउँदा सन्तुष्ट हुन्छु, उनले भने, ‘संघर्ष गरेकै कारण अरुलाई सहयोग गर्ने अवस्थामा पुग्दा खुसी पनि उत्तिकै लाग्छ ।
एम्वुलेन्स किन्न अभियानलाई पुस्तक व्यवसायी भैरव रावलले एक लाख, अमेरिका निवासी कपिल चन्दले ६० हजार, बेल्जिय निवासी ओम शर्मा र साउदी अरवमा कार्यतर प्रेम घर्तीले ५०–५० हजार रुपैया सहयोग गरेका छन् ।
अहिलेसम्म करिव सय जना भन्दा बढी व्यक्तिले अभियानलाई १४ लाख भन्दा बढी रकम सहयोग गरेका छन् ।
केही महिना अघि संचालन गरिएको अभियानको पैसा संकलन हुने क्रम जारी रहेकोले एम्वुलेन्स खरिदको प्रक्रिया पनि अघि बढेको र अव तीन महिनाभित्रै एम्वुलेन्स किनेर दल्ली स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने अभियन्ताहरुले बताएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया