युवतीलाई मलमुत्र खुवाउने प्रक्राउ

सल्यान, २३ जेठ ।
सल्यानको कुपिण्डे गाविसकी एक दलित युवतीलाई बोक्सीको अरोप लगाएर मानव मलमुत्र खुवाउने ५ जनालाई प्रहरीले प्रक्राउ गरको छ ।
आफुलाई क्रिष्चियन धर्मावलम्वी बताउने ५ जनाको समूहले क्रिष्चियन धर्म अपनाए रोग निको हुन्छ भन्दै मलमुत्र खुवाएको प्रहरीले वताएको छ ।
उजुरीका आधारमा ५ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको सल्यान प्रहरीले जानकारी दिएको छ ।
कुपिण्डे गाविसका रुपलाल परियार, गंगा परियार, रुपा थापा, पिम्कली बुढाथोकी र लली पुनलाई प्रक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले बताउनु भयो ।
‘व्रिmस्च्यीयन धर्ममा लागेमा रोग निको हुन्छ भन्दै गत जेठ २३ गते तिमी बोक्सी हौ, तिम्रो बोक्सीभूत हामी ठीक पार्छौ भन्दै मुख, जिब्रो र शरिरका विभिन्न भागमा सिस्नो पानी लगाएर मलमुत्र खुवाएको उहाँले जानकारी दिनुभयो ।
शारिरिक यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विग्रिएको युवतीका वुवाले जानकारी दिनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया