सुर्खेत । मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुने छिन् ।
अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् । हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए । तर चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनायो ।
राराखबर । २०८१, १३ भाद्र बिहीबार