तत्काल पार्टीभित्र नेतृत्व हस्तान्तरण जरुरी छैन: प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल पार्टीभित्र नेतृत्व हस्तान्तर जरूरी नभएकाे बताएका छन् ।

शुक्रबार पार्टीको आन्तरिक छलफलमा भाग लिन सुर्खेत आएका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले आफूले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए।

‘म उमेरले ७० वर्ष कट्दैछु, सँधै नेतृत्वमा रहिरहने पनि मेरो इच्छा छैन । प्रचण्ड अध्यक्ष भन्दामाथि भइसकेको छ, त्यसैले राम्रो टिम बन्यो भने अध्यक्षभन्दा अर्को भूमिकामा जाने भन्ने छ,’ उनले भने ।  पार्टीभित्र राम्रो टिम बनेपछि आफूले अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुने महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोचेको उनले बताए।

उनले नेकपा माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको बताए । माओवादीले सरकारबाट बाहिर रहेका बेला पनि देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको उनले बताए।




फेसबुकबाट तपाईको प्रतिक्रिया