सुर्खेत । कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन् ।
सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिबृद्धि तालिको अन्तिम शस्त्र ‘संसद र सञ्चारको अन्तर सम्बन्धी विषय’मा अभीमुखीकरण गर्दै उनले यस्तो बताएका थिए।
‘वास्तवमा सञ्चार र संसदको सम्बन्धी नङ्ग र मासु जस्तै हो’ उनले भने, ‘कर्णाली प्रदेशसभाले पनि सञ्चार र संसदको अन्तर सम्बन्धलाई बलियो बनाउनका लागि विभिन्न गतिविधिहरु गर्दै आएको छ ।’
लोकतन्त्रलाई बलियो बनाउनका लागि जनप्रतिनिधिहरुको थलो संसद र सञ्चार क्षेत्रको सम्बन्ध सधैँ बलियो बनाउनुपर्ने उनको भनाइ थियो । खुल्ला संसदको अभ्यास गर्दै आएको कर्णाली प्रदेशसभाले सञ्चारकर्मीहरुको सहज पहुँच स्थापित गर्न सबै प्रयासहरु गर्दै आएको उनले बताए ।
तालिको चौथो शस्त्र ‘संसदीय रिपोर्टिङ, सिद्धान्त, सीमा र र प्रस्तुति’ र पाँचौँ शस्त्रमा ‘संसदमा खोज पत्रकारिता विषय बस्तु सोच्ने केही तरिकाहरु’ विषयमा अभिमुखीकरण गर्दै वरिष्ठ पत्रकार एवम् प्रशिक्षक शिव गाउँलेले सञ्चारले संसद र जनतालाई जोड्ने पुलको रुपमा काम गर्नुपर्ने बताए ।
संसद समाचारका खानी भएको बताउँदै गाउँलेले संसदमा हुने हरेक गतिविधिमा संञ्चार क्षेत्रले निगरानी बढाउनुपर्ने बताए । संसदका आफ्नै मूल्य र मान्यता भएका कारण सञ्चारकर्मीले गतिविधिहरुमा कमल चलाउँदा आचार संहिता र संसदीय मर्यादालाई विशेष ख्याल गर्नु सुझाव दिए ।
तालिमको तेस्रो शस्त्रमा ‘सहभागिता र समावेशीकरण’ र चौथो शस्त्रमा ‘संसदमा सार्वजनिक विषयमा’ अभीमुखीकरण गर्दै प्रशिक्षक विनु सुवेदीले संसदमा सबै वर्ग, समूदाय र जातजातिको अर्थपूर्ण सहभागिताको लागि सञ्चार क्षेत्रले आवाज उठाउनुपर्ने बताइन् ।
महिला सहभागितालाई मात्रै समावेशी सहभागिताको नजरले हेर्दा धेरै जातजातिका लागि संसदको ढोका बन्द रहेको बताउँदै उनले सञ्चार क्षेत्रले समाजका सबै वर्ष र जातजातिको सहभागिताका लागि आवाज उठाउनुपर्ने बताइन् ।
सार्वजनिक चासोमा विषयमा संसदको विशेष र शून्य समयमा जनप्रतिनिधिले उठाएका आवाजलाई समेत सञ्चार क्षेत्रले प्राथमिकता दिनुपर्ने बताइन् ।
सुर्खेतका क्रियाशिल २६ जना पत्रकारहरु सहभागिता तालिममा सोमबार प्रशिक्षक नारायण काफ्लेले पहिलो शस्त्रमा ‘संसदीय रिपोटिङका लागि पत्रकारले जान्नेपर्ने आधारभूत ज्ञान’ र दोस्रो शस्त्रमा ‘संसदमा समाचारका मुद्धाहरु’ विषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको समापन गर्दै संसदीय मामिला पत्रकार समाज सुर्खेतका अध्यक्ष देव रानाले संसद र सञ्चारबीच बलियो सम्बन्ध स्थापित गर्न र संसदका हरेक गतिविधिहरु नागरिकमाझ ल्याउन बेलाबेलामा क्षमता अभिबृद्धि तालिम÷प्रशिक्षण आवश्यक पर्ने बताए ।
संसदीय मामिलासँग सहकार्य गर्ने यूएनडीपीको संसद सहयोग परियोजनाको सिंगो टिम, कार्यक्रमलाई हौसल्ला प्रदान गर्ने कर्णाली प्रदेशसभाको सिंगो टिम, प्रभावकारी प्रशिक्षण दिने प्रशिक्षकहरु र तालिम अवधिभर सक्रिय रुपमा सहभागिता जनाउने सबै प्रशिक्षार्थीहरुलाई धन्यवाद दिए ।
सोमबार कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले उद्घाटन गरेको तालिम मंगलबार सम्पन्न भएको हो । तालिमका सहभागीहरुलाई प्रमाणपत्रसमेत दिइएको थियो ।
सन्तोष भण्डारी । २०८१, १४ कार्तिक बुधबार