अदुवा किसानकाे १ करोड ६३ लाख आम्दानी

imagesसुर्खेत, १९ साउन ।
सल्यान र सुर्खेतमा गएको बर्षमा ४ सय ९८ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।उत्पादन भएको मध्ये ४ सय ७० मेट्रिक टन अदुवा विक्रि भैसकेको उच्च मुल्य कृषि बस्तु आयोजना सुर्खेतले जनाएको छ ।
सुर्खेतका पाम्का, अवलचिङ, लेखफर्सा, तरगां र हरिपुरका साथै सल्यानका वामे, चाँदे र मुलखोला गाविसमा अदुवा उत्पादन भएको आयोजनाका समावेशी व्यवसाय अधिकृत मधु श्रेष्ठले बताउनु भयो ।
अदुवा उत्पादनबाट यी गाविसका कृषकले बार्षिक १ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
अदुवा उत्पादन भएका यि ठाउँका प्रतिघरधुरी किसानको आम्दानी २४ हजार ५ सय ५७ रहेको पनि उहाँले वताउनु भयो ।
अदुवाको बजार मुल्य स्थिर र माग सुनिश्चित भएकोले आयोजनाले यी गाविसमा यस बर्षपनि किसानको माग अनुसार लगानी गर्न सक्ने योजना बनाएको आयोजना प्रमुख राजेन्द्र भारीले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया