रास्वपाले दैलेखको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्यायाे

सुर्खेत । मंसिर १६ गते हुने उपनिर्वाचनका का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि प्रकाश बुढालाई रास्वपाको जिल्ला समिति बैठकले पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टीले दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदको उम्मेदवार रामबहादुर शाहीलाई बनाएको छ।

उपनिर्वाचनका लागि महावु गाउपालिका अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जङ्गबहादुर रावल अध्यक्ष पदका उम्मेदवार छन्। नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलले भने उम्मेदवार टुंगो लगाईसकेका छैनन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया