महायज्ञबाट करिब १० करोड संकलन

सुर्खेत । मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि सञ्चालित महायज्ञबाट करिब १० करोड रकम सङ्कलन भएको छ ।

आश्रमको प्रदेश स्तरीय भवन निर्माणका लागि गत मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगर खुल्ला मञ्चमा श्रीमद भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना गरिएको थियो ।

उक्त महायज्ञ मूल आयोजक समितिले आइतबार महायज्ञको आयव्यय सार्वजनिक गर्दै ९ करोड  ७६ लाख ९२ हजार ८४३ रुपैयाँ दान रकम सङ्कलन भएको जनाकारी दिएको छ ।

महायज्ञमा १ करोड ९७ लाख ६६ हजार ६५ नगद, १ करोड ३३ लाख २७ हजार ६०१  क्युआर तथा अनलाइन र ३७ लाख ८८ हजार ९२१ रुपैयाँ चेकबाट प्राप्त महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टिकाराम चपाइले जानकारी दिए ।


त्यस्तै स्थानीय तह, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट ५ करोड ६१ लाख ९५ हजार ६१४ रुपैयाँको प्रतिबद्धता रहको मूल आयोजक समितिले जनाएको छ । कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार ८८२ रुपैयाँ सङ्कलन भएको महायज्ञ मूल समितिका कोषाध्यक्ष चपाइले बताए ।

उनका अनुसार दान पेटिकाबाट दान प्राप्त रकम ३ लाख ३६ हजार ४५५ र किताब बिक्रीबाट १३ हजार ३०५ रुपैयाँ प्राप्त भएको छ । महायज्ञमा ५० लाख ७४ हजार ८७ रुपैयाँ खर्च भएको छ ।

प्रचार प्रसार तथा छपाइमा १३ लाख ३६ हजार ४३५, भाडा तथा ज्यालामा ११ लाख ६३ हजार ६५२, खाद्यान्न तथा भान्सामा ८ लाख २ हजार ४८, पूजा खर्चमा ७ लाख ९५ हजार ६३३ र कलाकार तथा पण्डित खर्चमा ४ लाख ४२ हजार ११६ खर्च भएको छ ।

त्यस्तै लत्ताकपडामा २ लाख ७८ हजार २७९, विधुत इन्धन तथा ढुवानीमा १ लाख ४४ हजार ४७७, अतिथि सत्कारमा ३६ हजार ९५३, सरसफाइमा ३६ हजार ८, यातायातमा २१ हजार ८४० र अन्यमा १६ हजार ६४३ खर्च भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

मानव सेवा आश्रमको भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड दिने घोषणा गरेको छ । महायज्ञको मुख्य उद्देश्य मानव सेवा आश्रमको प्रदेश स्तरीय भवन निर्माण गर्नु रहेको महायज्ञ मल आयोजक समितिका संयोजक डा. नवराज केसीले जानकारी दिए ।

उनले महायज्ञबाट ५ करोड रकम सङ्कलन हुन्ने अपेक्षा गरे पनि त्यसको करिब दोब्बर दान रकम सङ्कलन भएको बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया