जनप्रतिनिधिका सकारात्मक कामलाई एमाले सुर्खेतले जनताबिच लैजाने

सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्लामा पार्टीका जनप्रतिनिधिका सकारात्मक कामलाई एमाले सुर्खेतले जनताबिच लैजाने निर्णय गरेको छ ।

सोमबार बसेको चौथो पूर्ण बैठकले विगतको समीक्षा गर्दै पार्टीलाई बलियो बनाउन विभिन्न कामहरु र योजनाहरु तयार गरेको हो । एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटाले विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सशक्त रूपमा आवाज उठाउन नेता, कार्यकर्ताहरु परिचालन गरिने बताए ।

जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी आधारभूत तहका पार्टी कमिटी तथा सदस्यहरू जनताको घर–घरमा पुगेर मिथ्या सूचना र भ्रमहरूको चिरफार गरी जनतामा सकारात्मक सन्देश प्रवाह गर्न अभियानको थालनी गर्ने बताए ।

एमाले सुर्खेत जिल्ला प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार बैठकमा यसअघिको पार्टीको बस्तुस्थितिबारे बृहत् छलफल भएको छ । बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री यामलाल कँडेल र जिल्ला ईञ्चार्ज नवराज रावत रलगायतका नेताहरु सहभागी थिए ।

पार्टीलाई बलियो बनाउने यस्ता छन् निर्णयहरूः

  • १. बैठकमा सहभागि जिल्ला कमिटी सदस्य, निर्वाचन समन्वय कमिटीका संयोजक, पालिका कमिटीका अध्यक्ष र विभागिय प्रमुखबाट आफ्नो कार्यक्षेत्रका गतिविधि तथा सांगठनिक अवस्थाको रिपोर्टिङ गरियो ।
  • २. पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानका लागि २०८१ माघ, फागुन र चैत्र महिनामा सञ्चालन हुने तीन महिने वडा केन्द्रित अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न देहायबमोजिम कमिटीका बैठकहरू सम्पन्न गर्ने निर्णय गरियो ।
    क) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी १ को बैठक २०८१ फागनु १ गते गर्ने ।
    ख) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी २ को बैठक २०८१ माघ १७ गते गर्ने ।
    ग) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी २ ‘क’ को बैठक २०८१ माघ २१ र अन्य तीनवटा निर्वाचन क्षेत्र कमिटीको बैठक २०८१ फागुन १ गते गर्ने ।
    घ) २०८१ माघ १६ देखि २४ गतेसम्म नौ वटै पालिका कमिटीको बैठक सम्पन्न गर्ने ।
  • ३. अभियानकै क्रममा सम्बन्धित पालिका कमिटीमा रहेका जिल्ला कमिटी सदस्य, पालिका कमिटी तथा वडा कमिटीका पादाधिकारीहरू सहभागी हुनेगरी निम्नअनुसारको मितिमा दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ।
    क) चौकुने गाउँपालिका फागुन १६ र १७ गते
    ख) पञ्चपुरी नगरपालिका फागुन १८ र १९ गते
    ग) बराहताल गाउँपालिका फागुन २० र २१ गते
    घ) सिम्ता गाउँपालिका फागुन २५ र २६ गते
    ङ) गुर्भाकोट नगरपालिका फागुन २७ र २८ गते
    च) भेरीगंगा नगरपालिका फागुन २९ र चैत्र १ गते
    छ) लेकवेशी नगरपालिका चैत्र २ र ३ गते
    ज) चिङ्गाड गाउँपालिका चैत्र ४ र ५ गते
    झ) वीरेन्द्रनगर नगरपालिका चैत्र ६ र ७ गते
  • ४. पालिकास्तरमा २०८१ फागुन १० गतेभित्र जनसंगठन संयन्त्र गठन गर्ने ।
  • ५. जिल्ला कमिटीले निर्देशन गरेअनुसार पालिकास्तरका विभागहरू फागुन १० गतेभित्र गठन गर्ने ।
  • ६. जिल्लाका ९९ वटै वडा कमिटीका बैठक २०८१ फागुन १० गतेभित्र सम्पन्न गरिसक्ने ।
  • ७. २०८२ का लागि पार्टी सदस्यता नवीकरण तथा विस्तार गरी कूल मतदाता संख्याको ६ प्रतिशत पु¥याउने ।
  • ८. टोल तहसम्म पार्टी कमिटीका अधिवेशन सम्पन्न गरिसक्ने ।
  • ९. कम्तिमा एक तिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने र पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने ।
  • १०. जनसंगठनहरूको सदस्यता विस्तार व्यापकरूपमा गर्ने ।
  • ११. पार्टीको नेतृत्व र सहभागिताका तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमूनायोग्य कामलाई जनसमुदायको बीचमा प्रचारप्रसार गर्ने ।
  • १२. जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी आधारभूत तहका पार्टी कमिटी तथा सदस्यहरू जनताको घर–घरमा पुग्नेगरी कार्यक्रम तय गर्ने ।
  • १३. मिथ्या सूचना र भ्रमहरूको चीरफार गरी जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने ।
  • १४. विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सशक्त रूपमा आवाज उठाउने लगायतका विविध निर्णयहरू गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया