सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ५ मा जग्गा जमिन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार पालिकाको नापी शाखाले आयोजना गरेको उक्त कार्यक्रम भूमि स्वामित्व दर्ता प्रक्रिया मापन, भूमि व्यवस्थापनका कानुनी पहलका बारेमा जग्गादातालाई जानकारी, भूमि सम्बन्धी विवादास्पद समाधान, जग्गा दर्ता नाप, नक्सा र अंश बन्डा लगायतका प्रशासनिक प्रक्रिया, समाधान सम्बन्धी जानकारी, जग्गा नामसारी गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा अन्तरक्रिया भएको थियो ।
नरहरिनाथ गाउँपालिका नापी शाखा प्रमुख मनिस देउवाको अध्यक्षता वडा नं ५ का वडा अध्यक्ष मान बहादुर सहकारीको प्रमुख आतिथ्यमा सुरु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, टोल विकास समितिका पदाधिकारी, राजनीति दलका प्रमुख लगाएको उपस्थितिमा दुई दिने जग्गा जमिन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
वन जङ्गलको अतिक्रमण भूक्षय,बढिपहिरो जस्ता प्रकोप देखिएकाले वन जङ्गल विनाश नगर्ने ,भोग चलन गरेको जग्गा जमिनको कर वडा कार्यालयमा गएर समयमै तिर्ने समेत आग्रह गरिएको नापी शाखा प्रमुख महेन्द्र बोगटीले बताए ।
कार्यक्रम बोल्दै वडा न.५ का वडा अध्यक्ष सहकारीले आम नागरिकलाई आउने आर्थिक वर्ष आफ्नो वडा कार्यालय भित्र दर्ता नभएरै सञ्चालनमा आएका विभिन्न व्यवसायहरूलाई दर्ता गर्ने, जग्गाको कर ,वन समिति अनिवार्य दर्ता गरी करको दायरामा आउन आग्रह गरेका थिए ।
अध्यक्ष सहकारीले भने, समयमै कर नतिरेमा वडा कार्यालय बाट दिने सेवा सुविधा समेत रोक्का हुन सक्ने हुनाले समयमै कर तिर्ने समेत अनुरोध गरे ।
राराखबर । २०८१, ९ फाल्गुन शुक्रबार