भ्रममा नपर्नु होला : सुर्खेत-१ मा खड्का सर्वसम्मत उम्मेदवार काँग्रेस क्षेत्रीय समिति

सुर्खेत -नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, सुर्खेतले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि युवा नेता विष्णुबहादुर खड्कालाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको स्पस्ट पारेको छ ।

क्षेत्रीय कार्यसमितिले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र विधिसम्मत ढंगले सम्पन्न गरिएको बताएको छ ।

 क्षेत्रिय सभापति झकबहादुर डाङ्गीद्धारा जारी गरिएको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका कुराहरु भ्रमपूर्ण रहेको उल्लेख गर्दै  पार्टीले कुनै पनि नातावाद, पारिवारिक सम्बन्ध वा व्यक्तिगत आधारमा उम्मेदवार छनोट नगरेको स्पस्ट गरिएको छ ।

नेपाली कांग्रेसका अनुसार वर्तमान बहालवाला नगर प्रमुख हस्त पुन र क्षेत्रीय कार्यसमिति सभापति भक्तबहादुर डाँगी पार्टीको केन्द्रीय कार्यविधिअनुसार उम्मेदवार सिफारिसमा गर्न नसकिएकोले  खड्कालाई सर्वसम्मत रूपमा अगाडि बढाइएको हो।

क्षेत्रीय कार्यसमितिको आकस्मिक बैठकले स्थानीय विकास, जनताको सुख-दुःखमा निरन्तर सक्रियता र संगठनात्मक योगदानका आधारमा खड्कालाई उम्मेदवार सिफारिस गरेको जनाएको छ।

कुनै भ्रममा नपरी कांग्रेसले सबै कार्यकर्ता, शुभेच्छुक तथा मतदातालाई पार्टीका उम्मेदवार खड्कालाई विजयी गराउन अपिल गरेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया