नेपाल तरुण दलद्वारा नलगाड नगरपालिकाको ध्यानाकर्षण

कारबाही नभए तरुण दल आफैँ उत्रने चेतावनी

जाजरकोट –  प्रतिनिधि सभाको निर्वाचन प्रक्रिया चलिरहँदा जाजरकोटको नलगाड नगरपालिकामा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण गराएको छ।

तरुण दलका नगर अध्यक्ष सुर्जल रावलले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई  पत्रमार्माफत नगरपालिकाको स्रोत साधन र जनशक्तिको चरम दुरुपयोग भइरहेको ध्यानाकर्षण गराएका छन्को ।

तरुण दलले उठाएका मुख्य बुँदाहरू:

  • सरकारी गाडीको दुरुपयोग: कार्यालयका गाडी र इन्धन निर्वाचन प्रचारप्रसारमा प्रयोग भइरहेको, उपप्रमुख र कार्यालय प्रमुखका लागि खरिद गरिएका मोटरसाइकलहरू समेत चुनावमा परिचालन गरिएको तर प्रशासन मौन रहेको।

  • कर्मचारीको राजनीतिक संलग्नता: नगर प्रमुखका स्वकीय सचिव, शिक्षक र अन्य कर्मचारीहरू कार्यालय समयमै चुनावी प्रचारमा हिँडेको र सामाजिक सञ्जालमार्फत उम्मेदवारका लागि भोट मागिरहेको।

  • नयाँ योजना र वितरण: आचारसंहिता लागू भइसकेपछि पनि नयाँ योजना सम्झौता गर्ने र पाइप वितरण जस्ता मतदाता प्रभावित पार्ने कार्यहरू भइरहेको।

कारबाही नभए तरुण दल आफैँ उत्रने चेतावनी

तरुण दलले यी गतिविधिहरू तत्काल रोक्न र मातहतका कर्मचारीलाई आचारसंहिता पालना गर्न स्पष्ट निर्देशन दिन माग गरेको छ।

यदि नगरपालिकाले यी बेथिति नरोकेमा र तत्काल कानुनी कारबाही अघि नबढाएमा तरुण दल आफैँले भेटिएको स्थानमा कारबाही गर्ने चेतावनी समेत पत्रमार्फत दिइएको छ।

निर्वाचनको मुखमा सरकारी संयन्त्रको यस्तो दुरुपयोगले निष्पक्ष निर्वाचनमा बाधा पुग्ने भन्दै स्थानीय स्तरमा समेत यसको बिरोध भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया