आन्दोलन फिर्ता लिन आग्रह

सुर्खेत, ९ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्रियाशिल विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलतरत अखिल क्रान्तिकारीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन ।
संयुक्त विज्ञप्ती जारी गदै विद्यार्थी संगठनहरुले विश्वविद्यालयको वृहत्तर हित प्रर्बर्धनका लागि तालावन्दी लगायत आन्दोलनका सवै कार्यक्रम फिर्ता लिन अखिल क्रान्तिकारीलाई आग्रह गरेका हुन ।
विश्वविद्यालयमा क्रियाशिल ७ विद्यार्थी संगठनहरु जारी गरेको संयुक्त विज्ञप्तीमा आन्दोलन फिर्ता लिएर विश्वविद्यालयको समग्र विकासमा एकजुट क्रान्तिकारीलाई आग्रह गरेका छन ।
नेपाल विद्यार्थी संघका यज्ञबहादुर राम्जाली, अनेरास्ववियुका प्रभात पोख्रेल, राप्रवि संघका आदित्यराज उपाध्याय, अखिल छैठौका हरिवहादुर वुढा, नेक्रावि संघका टीकाराम कँडेल, अखिल क्रान्तिकारी विप्लव समुहका कृष्ण वटाला र नयाँ शक्ति विद्यार्थी युनियनका तिर्सना हमालले संयुक्त विज्ञप्ती जारी गरेका हुन ।
विभिन्न माग राख्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयमा चरणवद्ध आन्दोलन गदै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया