प्रहरीले नै कानुन तोडेपछि ….

index

तस्वीर प्रचण्ड पोखरेलको फेसवुकवाट ।

सुर्खेत, ९ असार ।
सुर्खेतको वीरेन्द्रनगर ६ मा रहेको सितल डेरी अगाडी पार्किङ्ग निषेधित क्षेत्रमा राखिएको प्रहरीको भ्यानको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि यसको चौतफी आलोचना भएको छ ।
प्रचण्ड पोखरेलले आफनो फेसवुमा फोटो पोष्ट गर्न वित्तिकै कानुन कार्यान्वयन गर्ने निकायले नै कानुनको उल्लंघन गरेको भन्दै अधिकाश व्यक्तिले आलोचना गरेका छन भने कतिपयले समर्थन गरेका छन ।
प्रहरीले नो पार्किङ्ग लेखिएकै ठाउँमा भ्यान पार्किङ्ग गरेको भन्दै दिनेश पोखरेल लेख्छन सायद प्रहरी भएर होला नियम नमान्न पर्ने ।
यस्तै बीर रावत व्यडग्य गदै लेख्छन जे गरेपनि हुन्छ सानालाई ऐन ठुलालाई चैन । प्रहरीले नै कानुनको पालना नगरेको भन्दै तिलक अधिकारी लेख्छन व्यग्य गर्छन प्रहरीलाई नियम कानुन लाग्दैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारको पर्किङ्गलाई व्यवस्थीत गर्नको लागि विभिन्न ठाउँलाई पर्किङ्ग निषेधित पार्किङ्ग निषेधित क्षेत्र तोकेको छ । पर्किङ्ग निषेधित क्षेत्रमा पार्किङ्ग गर्नेलाई ट्राफिक प्रहरीले जरिवाना गदै आएको छ ।
आफनो फेसवुक पेजमा फोटो अपलोड गदै प्रचण्ड पोखरेल लेख्छन यो कस्तो नियम कानुन हो जसले कानुनको पालना गराउने जिम्मेवारी लिएको छ उसैवाट गम्भिर उल्लंघन । चेतना भया ।
धुव्रराज पौडेल यसको लागि नयाँ शक्ति नै चाहिएला जस्तो छ भन्छन ।
श्रीप्रसाद अधिकारी प्रहरीप्रति व्यग्य गदै लेख्छन पुलिसलाई पाइन्छ पाइन्छ नपाइने भए त पक्के गर्थेन होला ? नदेखेर पनि पक्कै होइन, त्यो भएर पुलिसले पाउँछ पाउँछ जे मन लाग्यो त्यही गर्न पाउँछ ।
पुष्प शाही भने नो पार्किङ्ग लेखेको ठाउँमा अति आवश्यक सवारी साधन राख्न मिल्ने तर्क गर्छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया