पुष्पलालको स्मृतिमा सुर्खेतमा बृक्षारोपन

imagesसुर्खेत, ७ साउन ।
नेपाल कम्युनिष्ट संस्थापक नेता एवम् प्रजातान्त्रिक योद्धा पुषपलाल श्रेष्ठको ३८ औं स्मृति दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका १४ स्थित दर्लामीडाँडामा शुक्रवार वृक्षारोपण गरिएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान सुर्खेत शाखाको आयोजनामा दर्लामीडाँडामा विभिन्न जातका गरी ४ सय विरुवा रोपिएको आयोजकले जनाएको छ । वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्दै एमालेका वैकल्पिक केन्द्रीय सदस्य राजबहादुर बुढाले पुष्पलालले देखाएको बाटोलाई नेपालका सबै कम्युनिष्टहरुले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य बुढाले पुष्पलालले कोरेको बाटोलाई अवलम्बन गरेकै कारण मुलुक अहिले लोकतान्त्रिक गणतन्त्रमा पुग्न सफल भएको उल्लेख पनि गरे
कार्यक्रममा एमाले सुर्खेतका अध्यक्ष धुव्रकुमार शाही, उपाध्यक्ष अमृत विसी, सचिव मोहन बडुवाल, पुर्व सभाषद् कमला शर्मा, ऋषि स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्मा, जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख शिवराम अधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहको छ ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद उपाध्यायको सभापतित्वमा भएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया