सुर्खेत, ८ फागुन ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा बहुला स्यालले आतंक मच्चाएको छ । वहुला स्याालले अहिलेसम्म २० जना भन्दा बढी स्थानीयलाई टोकिसकेको छ ।
दुई दिन अघिमात्र भेरीगंगा नगरपालिका ६ र ७ का अमर रोकाया, इशवर खत्री, नर बहादुर राना, ७ निवासी गणेश खत्रीलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीय बासीन्दा जेवी सुनारले बताउनु भयो ।
घाइतेहरुलाई स्थानीय मेडिकल हल जहरेमा उपचारमा सामान्य उपचार पछि मेहलकुना अस्पतालमा उपचार गरिएको छ ।
घर आसपासै बाटोमा हिडिरहेका बेला कराउदै आएका स्याले एकासी चिथोरे पछि चार जना घाइते भएको बताएको छ ।
स्यालको टोकाइबाट घाइने भएका २५ जनाको मेहेलकुना अस्पातालमा उपचार भएको पनि सुनारले जानकारी दिनुभयो ।
गएको एक सातादेखि स्यालको आक्रमणले भेरीगंगा नगरपालिका स्थानीयबासी त्रास भएका छन । एनमोगोल्बल इन्जक्सन नहुदा ४ जनालाई काठमाडौमा उपचारका लागि पठाएको बताएको छ ।
राराखबर । २०७३, ८ फाल्गुन आईतवार