
उपापको सहयोगबाट लहँ ४ सार्कीबारा टोलमा वनेको खानेपानी धारामा पानी भर्दै स्थानीय महिला ।
बद्री पन्त
जाजरकोट ५, साउन
जाजरकोट लहँ ४ सार्कीबारामा टोलमा आजभोली २४ शै घण्टा खानेपानीको सुविधा छ । घर नजिक खानेपानीको सुविधा नहुदा खोलाको पानी खान वाध्य गाउँले घरमै पानीको सुविधा पुगेपछि हर्षित भएका छन् ।
घर नजिक पानी थिएन, टाढा जानु पर्दथ्यो, पानी भर्नालाइ पालो कुरेर बस्नु पर्ने, त्यो पनि शुद्ध नहुने धमिलो हुन्थ्यो, बर्षोसम्म पानी बोक्नमै समय बित्यो अब कष्टका दिन गए सार्कीबाराकी सितली सार्कीले भन्नुभयो ।
उहाँले घर आगनमा खानेपानी पुगेपछि महिलाहरुलाई निकै सजिलो भएको बताउनु भयो ।
यस्तै नानीकला विकले समयको बचत भएको र शुद्ध पानी खान पाइएको उल्लेख गर्नुभयो ।
हाम्रो गाउँमा यस अघि, गाविस, जिविस र अन्य संस्था कतैबाट सहयोग भएन । उपाप आयो खानेपानी बनायो हामीलाई त भगवानै आय जस्तो भएको गाँलेले वताएका छन । पानी आएपछि आजभोलि गाउँको मुहार नै पmेरिएको छ ।
२० घर परीवार रहेको सार्कीबारा गाउँका स्थानीय बासिन्दाहरु खानेपानी सुविधा पुगेपछि प्रत्यक्ष लाभान्वित भएका हुन् ।
पहिला पुशु चौपाय र मान्छेले खानेपानी एउटै रहेको भागन्त सार्कीले जानकारी दिनुभयो ।
दुषित पानीको कारण भmाडापखाला रोगले वर्षेणी बालबालीकाहरुलाई सताउने गरेको कतिको ज्यान गएको थियो कामीले उल्लेख गर्नुभयो ।
जिल्ला विकास समिति, पश्चिम उच्च पहाडि गरीवी निवारण आयोजनाको आर्थिक तथा प्राबिधिक सहयोग र स्थानीय विकास कोषको आयोजनामा सञ्चालन भएपछि स्थानीयलाई सहयोग पुगेको गोविन्द ओलीले बताउनु भयो ।
खानेपानी निर्माण गर्न उपापबाट ४ लाख ४२ हजार आर्थिक लागत र स्थानीयको १ लाख २६ हजार श्रमदानमा खानेपानी योजना निर्माण समपन्न भएको निर्माण समितिका सचिब कमान ओलीले बताउनु भयो ।
२० घर परीवारलाई पायक पर्ने गरि ३ वटा धारा र पाएपबाट पानीको व्यवस्था मिलाईएको छ ।
उपापले लहँ गाविसका अन्य वडामा सिमान्तकृत र संकटासन्न परिवारहरुको अनुकुलन क्षमता वृद्घि गर्न आयआर्जन तथा रोजगारी मुलक कार्यक्रम सन्चालन गर्दै आएको छ ।
कार्यक्रमबाट पानी घट्ट, बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती, सुधारिएको खोर निर्माण लगाएतका क्षेत्रमा सहयोग गदै आएको उपापका जिल्ला संयोजक लोकेन्द्र रावलले जानकारी दिनुभयो ।
राराखबर । २०७३, ५ श्रावण बुधबार