जाजरकोटका बाढीपहिरो पिडितलाई कृषिकाे राहत

jktबद्री पन्त
जाजरकोट ५, साउन
जाजरकोटका बाढी पहिरोवाट प्रभावित परिबारलाई राहत वितरण गरिएको छ । कृषि विकास मन्त्रालयले उपलब्ध गराएको राहत रकम जिल्ला कृषि विकास कार्यालयले सेवा केन्द्र दल्ली र लिम्साबाट वितरण गरेको छ ।
बाढी पहिरो प्रभावित लहँ, डाडागाउँ र रोकायगाउँ गाविसका १ सय ८ घर परिवारलाई ४ हजार ७ सय रुपैयाका दरले ५ लाख ४० हजार रकम दिएको वरिष्ठ कृषि विकास अधिकृत चित्रवहादुर रोकायले वताउनु भयो ।
उहाँले वाढी पहिरोले २ सय २० रोपनी खेत तथा पाखो बारीमा लगाएको धान र मकै बाली नष्ट उल्लेख गर्नुभयो ।
थोरै भएपनि राहत रकम पाएकोमा आफुहरु खुशी लागेको बाढी पिडित परिबारले वताएका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया