सुर्खेत । दैलेखको दुल्लुबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ।
बिहिबार कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरस्थित बांगेसिमल प्रहरी चौकीदेखि एक किलोमिटर पश्चिम कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो।
दुर्घटनामा दुई जना बालबालिकासहित १६ जना यात्रु घाइते भएका छन्।
घाईतेहरुको कर्णाली प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गाडी सडकदेखि करिब १२ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।
राराखबर । २०८१, १५ फाल्गुन बिहीबार