सुकमाया थापा
डोल्पा १४, फागुन
भारीमात्रामा लगातार परेको हिमपातका कारण उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालका वडा नं ४ को काककोट गाउँका मात्र १ सय भन्दा बढि चौरीहरु हिउँले पुरेर मरेको छार्काताङसोङ गाउँपालका वडा नं ४ को काककोटले ले बताएको छ ।
यो वर्षमा देशभरीकै मौषम बदली भई निरन्तर हिम्पादत र पानी पर्ने भएकाले गर्दा ठुलो मात्रामा क्षती गरेको छ भने फागुनको दोस्रो साता लागि सक्दापनि जाडोले नछोडि डोल्पाली स्थानीयहरुको जनजीवन कष्टकर बनाएको छ । भुगोलको आधारमा ठुलो मानिएको डोल्पा जिल्ला तल्लो मध्य र उपल्लो गरी तिन खण्डमा विभाजित भएको छ ।
जस्मा उपल्लो डोल्पालाइ अत्याधिक मनत्रामा भार पारेको छ ।, उच्च हिमाली भेगमा बसोबास गर्ने उपल्लो डोल्पाका स्थानीयबासिन्दाहरु गर्मी याममा उपल्लो डोल्पा र जडो याममा तल्लो डोल्पा काठमाण्डौ, नेपालगञ्ज सुर्खेत तिर गएर बसोबास गर्ने गर्दछन् ।
खेतीयोग्या भु उपयोगि जमीनहरु नभएको र जाडोले गर्दा कुनै अन्न बाली उत्पादन नहुने उपल्लो डोल्पामा आर्थीक आयआर्जनको मुख्य स्रोतको रुपमा चौरीहरु पाल्ने गर्दछन् । जाडो र गर्मी दुबै समयमा उच्च हिमाली भेगमा नै पाटन तिर चरणको लागि छोडिएका चौँरीहरुलाइ यो वर्षको हिम्पातले सबै चौँरीहरुलाइ मारेर नष्ट बनाएको छार्काताङसोङ गाउँपालका वडा नं ४कि उपाध्यक्ष छिरीङदिगी गुरुङले बताउनु भयो ।
पाटनमा लगाएका चौरीहरुलाइ धेरै हिमपाद परेर बाटो थुनेपछि फर्कन नसकेर १ दिनमा सबै चौँरीहरु मरेको उपाध्यक्ष गुरुङका श्रीमान छिरीङफुर्वा गुरुङले बताउनु भयो । अन्नेका डाटा उपलब्ध नभएको गुरुङले बताउनु भयो ।
राराखबर । २०७५, १४ फाल्गुन मंगलवार