बालिका बलत्कृत, महिलालाई यौन दुव्र्यवहार

जाजरकोट २८, साउन – भेरी नगरपालिका ५ का २६ बर्षीय गोपाल कामीले १५ वर्षिया बालिकालाई बलात्कार गरेका छन् । उनले बाटोमा हिड्दै गरेकी बालिकालाई बलात्कार गरेका हुन् ।
घर नजिकैको बाटोमा एक्लै भएको मौका छोपी कामीले बालिकालाई जवरजस्तीकरणी गरेका हुन् । उनले राति १० बजेको समयमा घरबाट निस्केर आफन्तको घर जादै गरेकी बालिकालाई बलात्कार गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । बलत्कृत बालिकाको जाजरकोट अस्पतालमा स्वास्थ्य परिक्षण भएको निरीक्षक विष्टले बताए । बलात्कार आरोपी कामीलाई नियन्त्रणमा लिएर उनी विरुद्ध जवरजस्तीकरणीको मुद्धा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भैरहको प्रहरी निरीक्षक विष्टले बताए ।
यसैगरी नलगाड नगरपालिका ३, कैनाबजार नजिकै एक ४९ बर्षीय असक्त महिला माथि यौन दुव्र्यवहार भएको छ । सोही ठाउका २१ बर्षीय दीपक विकले उनीमाथि यौन दुव्र्यवहार गरेका हुन् । राम्रोसंग बोल्न नसक्ने र बोल्दा लरबराउने तथा कम्जोर वाक भएकी महिला दुव्र्यवहारमा परेकी हुन् । विकले टट्टागाउबाट कैनाबजार तर्फ आउदै गरेको अवस्थामा साङ्ट भेरी लघु जलविद्युत कुलोे तल सडकमा असक्त महिलालाई दुवै पाखुरा समाती जवरजस्तीकरणी गर्न खोजेको स्थानीय औंसी घर्तीले बताईन् ।
वि क ले रुपैया“ पा“च सयको नोट लेउ र करणी गर्न देउ भनेको नमान्दा त“लाई मारेर फाली दिन्छु भन्ने डर त्रास देखाई महिलाको लुङ्गी र पेटीकोट फर्काई जवरजस्तीकरणी गर्न खोजेको उनले बताईन् । असक्त महिला कराएको् आवाज सुनी वरपर रहेका मानिस आएपछि विक भागेको घर्तीले बताईन् । महिलालाई यौन दुव्र्यवहार गर्ने वि क विरुद्ध जवरजस्तीकरणी उद्योग सम्बन्धि मुद्धा जिल्ला प्रहरीमा दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताए । विक फरार रहेकाले उनको खोजी भैरहेको उनले बताए । यस अघि गत साउनमा भेरी नगरपालिका २ की दुई वालिका बल्कृत भएकी थिईन् । जाजरकोटमा पनि बलात्कामरका घटना बढ्दै गएको विष्टले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया