दैलेख १ क मा काँग्रेसका खत्री विजयी

सुर्खेत
दैलेख क्षेत्र नम्वर १ प्रदेश सभा क बाट गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । एमालेका उम्मेदवार धर्मराज रेग्मीलाई १३९२ मतान्तरले पछि पार्दै उनी प्रदेश सभा सदस्यमा विजय भएका हुन ।
खत्रीले ९,४६४ र रेग्मीले ८०९२ मत प्राप्त गरेका छन् ।


राप्रपाका उम्मेदवार हृदयराज शाहीले १०७९, नेमकिपाका जगतबहादुर ओलीले ५१५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले १९८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।
३५,४९९ मतदाता भएको उक्त क्षेत्रमा १९,९९८ मत खसेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया