भारी मतान्तरसहित थानी प्रतिनिधी सभा सदस्यमा निर्वाचित

सुर्खेत
काँग्रेस नेता हृदयराम थानी सुर्खेत क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थानीले एमालेका अमृत बिसीलाई ५०६७ मतको अन्तरले पराजित गरेका छन् । पूर्व केन्द्रीय सदस्य समेत रहेका थानीले ३४,६२५ र बिसीले २९,५५८ मत हासिल गरेका छन् ।


पूर्व गरिवी निवारण तथा सहकारी मन्त्री यसअघि २०५६ सालमा प्रतिनिधी सभा सदस्य र २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी २०५१ र २०७४ सालमा प्रतिनिधी सभा सदस्यमा भने पराजीत भएका थिए ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थानी काँग्रेस भित्र कुशल संगठनकर्ता र इमानदार नेताको रुपमा चिनिन्छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया