सुर्खेतको ग्रामिण जागरण सहकारी प्रदेशकै उत्कृष्ट सहकारी

सुर्खेत, २० मंसिर ।
सुर्खेतको वीरेन्द्रनगर ११ मा रहेको ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्था ६ नम्वर प्रदेशकै उत्कृष्ट सहकारी बन्न सफल भएको छ ।
sahakariसहकारी विकास पर्वद्धन र सामाजिक रुपान्तरणमा योगदान पुरयाएको भन्दै राष्टिय सहकारी वैकले यो सहकारीलाई ६ नम्वर प्रदेशकै उत्कृष्ट सहकारीको पुरस्कार प्रदान गरेको छ ।
काठमाडौमा भएको वैकको १३ औ साधारण सभामा ग्रामिण जागरण सहकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।
सहकारीका अध्यक्ष ओमप्रकाश सुवेदीले प्रदेशकै उत्कृष्ट सहकारीको पुरस्कार ग्रहण गर्नु गरेको बताउनु भयो ।
२०५४ सालमा स्थापना भएको सहकारीमा १ हजार १ सय ८५ शेयर सदस्य छन भने अहिले करिव १५ करोड भन्दा माथीको कारोवारो गरेको संस्थाको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
उहाँले बीरेन्द्रनगर नगरपालिकासहित साटाखनी गाविसलाई कार्यक्षेत्र वनाएर सहकारीले काम गदै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया