घरखर्च कटाएर आमाहरुले गरे क्यान्सर पीडितलाई सहयोग

सुर्खेत, १ चैत्र ।
सुर्खेतको वीरेन्द्रनगर ११ की पार्वती थापा र १० की निर्मला भट्टराईले क्यान्सरबाट पीडित महिलाको उपचारको लागि ५ हजार रुपैया सहयोग गर्नु भएको छ ।
क्यान्सरवाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि थापाले २ हजार ५ सय र भट्टराई पनि २ हजार ५ सय रुपैया सहयोग गर्नु भएको छ ।
क्यान्सरवाट पीडित घर्तीको उपचारमा थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको थापाले बताउनु भयो ।
उहाँले घरखर्च वाट रकम बचाएर क्यान्सर पीडितको सहयोग गरेको जानकारी पनि दिनुभयो ।
थोपा थोपा बनेर समुद्र बन्छ त्यसैले सवैले थोरै थोरै रकम दिएपनि उहाँको उपचारमा ठुलो सहयोग पुग्छ थापाले भन्नुभयो ।
उपचारको लागि काठमाडौ जान लाग्नु भएकी भट्टराईले भने आफनो उपचारको लागि भनेर रकमवाट सहयोग गरेको बताउनु भयो ।
साथी पार्वतीले भनेपछि क्यान्सर पीडितलाई सहयोग गरेको पनि भट्टराईले जानकारी दिनुभयो ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको सहयोगको लागि सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत आर्थिक सहयोगको अभियान थाल्नु भएको छ ।
पत्रकार पन्तले चलाएको त्यो अभियानमा साथ दिदै थापा र भट्टराईले क्यान्सर पीडित जयरुपाको उपचारको लागि रकम दिनु भएको हो ।
उहाँहरु दुवै जनाले पत्रकार पन्तलाई मंगलावार संयुक्त रुपमा नगद हस्तान्तरण गर्नु भएको छ ।
क्यान्सर पीडित महिलाको उपचारको लागि अभियान संचालन गरेको भन्दै उहाँहरुले पत्रकार पन्तलाई धन्यवाद समेत दिनु भएको छ ।
यस्तै मंगलवार नेपालगंजका कार्यरत युवा समाजसेवी राजेन्द्र ओलीले २ हजार ५ सय ५ रुपैया सहयोग गर्नु भएको छ ।
यसअघि अमेरिकामा बस्ने पार्वती थापाकी छोरी जयन्ती थापाले पनि क्यान्सरवाट पीडित महिलाको उपचारको लागि १० हजार ४ रुपैया सहयोग गर्नु भएको थियो ।
पत्रकार पन्तको अभियानलाई साथ दिदै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत वालरोग विशेषज्ञ डा.नवराज केसीले पनि जयरुपाको उपचारको लागि १० हजार रुपैया सहयोग गर्नु भएको थियो ।
पन्तको अभियानलाई साथ दिदै मंगलवार मात्रै काठमाडौमा कार्यरत डा. सुरक्षा सिहले २ हजार ५ सय, काठ व्यवसायी कलिमान खत्रीले २ हजार सहयोग गर्नु भएको थियो ।
यस्तै सहकर्मी पत्रकारको अभियानमा साथ दिदै सुर्खेतका पत्रकारहरुले ७ हजार ५५ रुपैया क्यान्सर पीडितको उपचारको लागि दिएका छन ।
क्यान्सर पीडित जयरुपाको लागि अहिलेसम्म ४३ हजार ८ सय ८३ रुपैया उठिसकेको र बाकी रकम उठने क्रम जारी रहेको पत्रकार पन्तले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया