गाग्रोतालमा लक्ष्मी नारायण मन्दिर

सुर्खेत, १ चैत्र ।
सुर्खेतको जर्वुटा गाग्रेतालमा रहेको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभा सोमवार सम्पन्न भएको छ ।
सभामा समितिका सचिव राजेन्द्र सुवेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।
कोषाध्यक्ष सुवेदीले आर्थिक वर्ष २०७२÷७३ को १२ हजार ५ सय ६८ रुपैयाको आयव्यय र चालु आर्थिक वर्षको ५ लाख ९० हजार ५सय रुपैयाको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको छ ।
मन्दिरलाई सुर्खेत जिल्लाकै दर्शनिय स्थलको रुपमा विकास गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मणीराम सुवेदीले बताउनु भयो ।
मन्दिरलाई घार्मिक पर्यटकिय स्थल बनाउने लक्ष्य रहेको उल्लेख गदै उहाँले मन्दिर हाताभित्र धर्मशाला निर्माण गर्ने समेत जानकारी दिनुभयो ।
सवैको आध्यात्मिक वाटोमा डोरयाउने उदेश्यले २० लाख रुपैयाको लागतमा २०७० साल बैसाख १२ गते लक्ष्मी नारायणको मन्दिर स्थापना गरिएको पनि अध्यक्ष सुवेदीले उल्लेख गर्नुभयो ।
२ कठ्ठा जग्गामा निर्माण गरिएको मन्दिरमा चाडै लक्ष्मी नारायणको मुर्ति पनि राखिने बताएको छ ।
मन्दिर निर्माणको लागि अध्यक्ष सुवेदीले करिव ५० लाख रुपैया वरावरको जग्गा निशुल्क दिनु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया