वास्तविक हिरोइन

असल हिरो त्यो हो, जसले समस्यालाई चिर्न सक्छ, अरुको भलो चिताएर अघि बढन सक्छ । उमेर ढल्कैसगै दर्शकको मनवाट ओझेलमा पर्ने फिल्मी हिरोहरु केवल कृतिम हिरोहरु मात्र हुन असल हिरोहरु ति हुन जसले राम्रो काम वास्तविक समाजमै गर्ने गर्छन । यस्तै हिरो मध्येकी एक हुनुहुन्छ संयुक्त राज्य अमेरिका बस्दै आउनु भएकी युवा समाजसेवी जयन्ती थापा ।
तन अमेरिका मन नेपाल
अमेरिकाको भर्जिनिया राज्यको आश्वर्नमा बस्दै आउनु भएकी थापाको भौतिक शरीर अमेरिकामा भएपनि मन मस्तिष्क भने नेपालमै छ । सन् २०१० देखि अमेरिकामा वस्दै आउनु भएकी उहाँले सानै देखि समाज सेवामा सक्रिय हुनुहुन्छ । जहाँ गएपनि उहाँले आफनो जन्मथलोलाई भुल्नु भएको छैन । निकै शालीन र नम्र स्वभावकी थापाले नेपाल र नेपालीको भलाई र उन्नतिको लागि सक्दो सहयोग गरिरहनु भएको छ । पुर्खेली घर दैलेख भएपनि उहाँको परिवार बसाई सरेर सुर्खेत आएको थियो । सानै उमेरदेखि समाज सेवामा तल्लिन उहाँ नेपालमा हँुदा होस वा अमेरिकामा बस्दा समाज सेवालाई निरन्तरता दिदै आउनु भएको छ ।
पढाईमा अव्वल
पढाईमा सानैदेखि अव्वल थापाको प्रारम्भिक शिक्षा दैलेखको वाल मन्दिरवाट सुरु भएको थियो । जहाँ उहाँले १ देखि ५ कक्षासम्म पढनु भयो । अनि ६ देखि १० कक्षासम्मको पढाई सुर्खेतको अमरज्योति नमुना माध्यामिक विद्यालयमा भयो । २०५५ सालमा एसएलसी गर्नु भएकी उहाँले सुर्खेत क्याम्पस शिक्षावाट आइएड र स्नातक तह गर्नु भएको छ । त्रिभूवन विश्वविद्यालयवाट उहाँले प्रथम श्रेणीमा स्नतकोत्तर गर्नु भएको छ ।

समाजशास्त्र विषयमा स्नातकोत्तर उहाँको सानोमा विशेष खालको कुनै सपना थिएन । तर धेरै खाले सपनाहरु देख्नु भएको थियो । उहाँको पहिलो सपना थियो राजनीतिज्ञ भएर देशको सेवा गर्ने । दोस्रो सेना, प्रहरी भएर देशको रक्षा गर्ने सपना थियो । तेस्रो सपना भनेको कानुन व्यववसायी भएर अन्यायमा परेका गरिव तथा न्यायको पहुँचवाट वाहिर भएका जनतालाई न्याय दिलाउने । तर उहाँको ति सपना पुरा भएनन् । तर त्यो सँग मिल्ने जुल्ने सपनाको पछि भने उहाँ लागि नै रहनु भयो । त्यो हो समाज सेवा । जहाँ भएपनि, जे भएपनि समाजको लागि नै लाग्ने हो । उहाँले भन्नुभयो समाजको लागि केही न केही गर्नेमै हो । सवै सपनाहरु पुरा नभएपनि समाजसेवा गर्ने चाहाना भने कसै गरी मेटिएन । सवैभन्दा ठुलो कुरा इच्छा शक्ति हो इच्छा शक्ति भए आफुले आटेको जस्तो सुकै काम गर्न पनि सकिन्छ थापाले भन्नुभयो असम्भव केही छैन ।
बच्चाहरुको राम्रो शिक्षाको लागि अमेरिका
कुनै पनि सपनाहरु त्यागेर अमेरिका जानु भएको हैन । डिभी परेपछि अमेरिका जानु पर्ने अवस्था सृजना भयो । सन् २००९ मा डिभी परेपछि उहाँको अमेरिका यात्रा सुरु भयो । त्यसैले उहाँलाई अमेरिका पुरयायो । अमेरिका गएपनि उहाँले आफु जन्मे हुर्केको गाउँ ठाउँलाई झुल्न सक्नु भएन । अमेरिकामा पनि आफनो गाउँ ठाउँको आँखा अगाडी घुमि नै रहयो । जसका कारण समाजसेवा गर्न थप बल मिल्यो ।

उहाँ भन्नुहुन्छ डिभी परेपछि २/४ महिना घुमेर फर्किने योजना पनि बनाएको थिए । तर अनुकुल समय भएन । बच्चाहरुको राम्रो शिक्षाको लागि अमेरिका वस्नु पर्ने नै भयो । अमेरिका गएपछिको अनुभव सुनाउदै उहाँले भन्नुभयो २/४ महिना नरमाइलो लाग्यो । तर पछि घुलमिल भइयो । विस्तारै राम्रो लाग्दै गयो । अहिले धेरै राम्रो भएको छ ।
अमेरिका बसाईले फाइदै भएको छ । एकतिर धेरै कुरा सिक्ने अवसर मिलेको छ भने अर्कोतिर टाढै भएपनि समस्यामा परेका नेपाली आमावुवा, दाजुभाई तथा दिदीवहिनीलाई सहयोग गर्न पाइएको छ । अमेरिकाको आर्थिक, सामाजिक, राजनीतिक र विकास वुझने अवसर पनि मिलेको छ । थापा भन्नुहुन्छ यो पनि एक किसिमको अध्ययन नै हो । किनकी केही कुरा पढेर सिकिन्छ, केही कुरा परेर सिकिन्छ, जानिन्छ अनि वुझिन्छ ।
सधैभरी अमेरिकामा बस्ने सोच छैन
सधैभरी अमेरिकामै बस्ने सोच उहाँको छैन । बच्चाहरुको पढाई सकिएपछि स्वदेश फर्किने योजना छ । मेरो आवश्यकता मेरो देशलाई छ उहाँले भन्नुभयो म भौतिक रुपमा अमेरिका भएपनि मन नेपालमै छ । दिमागमा जहिले पनि तिनै भारी बोक्ने, गिठ्ठी कुटने, हालो जोत्ने, साँझ विहानाको छाक टार्नको लागि विदेशिन वाध्य हुने नेपाली दाजुभाई तथा दिदीवहिनीको आइरहन्छन । उनीहरुलाई कसरी सहयोग गर्ने अनि नेपाललाई कसरी समृद्ध देश बनाउने योजना मनमा चलिरहन्छ ।
महिला हिंसा र विभेद विरुद्धको अभियान
स्नातकोत्तरको पढाई सकेपछि उहाँले २ वर्ष मध्यपश्चिमको पहाडी जिल्ला रुकुमको आठवीसकोटमा रहेको उच्च माध्यामिक विद्यालयमा पढाउनु भयो । दैलेखमा जन्मनु भएको उहाँ सुर्खेतमा हुर्कनु भएको थियो । अनि वैवाहिक बन्धनमा बाधिएर रुकुम पुग्नु भयो । त्यहाँ २ वर्ष पढाउनु भयो । सानैदेखि समाजको लागि केही न केही गर्नु पर्छ भन्ने भावले प्रेरित थापा रुकुम गएर त्यसै बस्नु भएन ।
महिला हिंसा र विभेद विरुद्ध सामाजिक अभियान चलाउनु भयो । त्यो अभियान निकै प्रभावकारी भयो । सृजनशिल महिला विकास केन्द्र नामक संस्था नै स्थापना गरेर उहाँले संगठित रुपमा नै यो अभियान चलाउनु भएको थियो । अहिले पनि यो संस्था क्रियाशिल छ । थापा अमेरिका गएपछि अमृता शाहले यसको नेतृत्व गदै आउनु भएको छ । यो संस्था मार्फत थापाले आठवीसकोटमा थुप्रै सामाजिक काम गर्नु भएको छ ।

एउटा दुर्गम ठाउँमा त्यो पनि वुहारी भएर महिला हिंसा र विभेद विरुद्ध आवाज उठाउनु आफैमा चुनौतिपूर्ण थियो । सुरु सुरुमा उहाँले थुप्रै चुनौतिको समाना गर्नु भयो । पुरुषहरु भन्नुहुन्थ्यो तपाई एुक्लैले गरेर केही हुदैन तर काम गदै जाँदा धेरैले सम्भनु भयो, बुझदै जानुभयो अनि पछि सवैले सहयोग गर्न थाल्नु भयो, साथ दिनुभयो उहाँ भन्नुहुन्छ । राम्रो काम गर्दा चुनौति सवैले सामाना गर्नुपर्छ तर हिक्मत हार्नु हुदैन । तर धैर्य भने गर्नुपर्छ । सुरुमा चुनौतिहरु आउँछन पछि सहयोग पाइन्छ । चुनौतिहरु आए भने आत्तिनु हुदैन । आफनो वाटोमा हिडिरहनुपर्छ ।
रोएको मनलाई हँसाउन सकिन्छ
महिला पुरुष दुवै मानव हुन । मान्छे मान्छेवीच विभेद हुनुुहुदैन । मेरो भनाई यही हो थापा भन्नुहुन्छ एकले अर्कोलाई सम्मान गरे मात्र समृद्धि समाज निर्माण हुन्छ । समाज सेवावाटै रोएको मनलाई हँसाउन सकिन्छ । दुखेको मनलाई निको पार्न सकिन्छ । टुटेको मनलाई जोडन सकिन्छ भन्ने मान्यता युवा समाजसेवी थापा राख्नु हुन्छ । उहाँ भन्नुहुन्छ समाज सेवा भन्दा ठुलो सन्तुष्टी केही छैन ।
समाज सेवामा एकपछि अर्को सफलता हात पादै जानु भएकी युवा समाजसेवी थापा सफलताको सम्पूर्ण श्रेय भने वुवाआमा र श्रीमानलाई दिनुहुन्छ । कसैको देखासिकीमा समाज सेवामा लागेको हैन । प्रेरणाको स्रोत म आफै हो । नेपाल भएको भए प्रत्यक्ष रुपमा होमिन्थे तर अमेरिकाबाट अप्रत्यक्ष रुपमा लागेछु फरक यति हो । यहाँ सम्म आउनको लागि घरपरिवार देखि सवैको सहयोग र साथ छ । राम्रो काम गरिस भनेर धेरैले माया गर्छन । कामलाई सघाउन सहयोगको हात वढाउँछन ।

अग्रणी समाज सेवी
जन्मेको दैलेख, हुर्केको सुर्खेत र विवाह भएको रुकुम तीन वटै ठाउँमा थुप्रै सामाजिक काम गरिहनु भएको छ । दैलेखमा आफुले पढेको विद्यालयमा सहयोग गर्नुभयो । त्यहाँ पढने विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभयो । सुर्खेतमा आफु पढेको विद्यालयमा छात्रवृत्तिको लागि एक लाख रुपैयाको अक्षय कोष स्थापना गर्नू भएको छ ।
अमर ज्योति नमुना माध्यामिक विद्यालयले त्यो कोषवाट वर्षेनी जेहेन्दार तथा गरिव विद्यार्थीलाई छात्रबृत्ति दिन्छ । रुकुममा सृजनशिल महिला विकास केन्द्र मार्फत धेरै सामाजिक अभियान चलाउनु भएको छ । रुकुममा व्यक्तिगत खर्चमा उहाँले विपन्न परिवारका ५ जना बच्चाहरुलाई पढाई रहनु भएको छ । शिक्षाको ज्योति दिनु भएको छ ।
समाज सेवामा लाग्दा उहाँले थुप्रै खालका मान्छेहरु भेटनु भएको छ । धेरैवाट स्यावासी पाउनु भएको छ । कैसै कसैले भने कतिलाई सहयोग गरिसक्ने आफनो लागि सोच्नुपर्छ भनेर पनि सुझाव दिन्छन । आफन्तवाट भने पुरा सहयोग पाइरहेकी छु थापाले भन्नुभयो ।
अमेरिकासम्मको यात्रा
सन २००९ मा उहाँ अमेरिका जानु भयो । अमेरिका गएपछि सुरुमा एउटा प्राइमरी स्कुलमा पढाउनु भयो । अमेरिका गएपछिको अनुभव सुनाउदै उहाँ भन्नुहुन्छ सुरुसुरुमा भाषाको समस्या भयो । नेपालीले बोल्ने अंग्रेजी र अमेरिकनले वोल्ने अंग्रेजीमा धेरै भिन्नता छ । प्राइमरी विद्यालको जागिर छाडेर उहाँले केही समयसम्म स्टोरमा क्यासियरको रुपमा पनि काम गर्नु भयो । जागिर गर्दा उहाँलाई सामाजिक काम गर्ने फुर्सद भएन । अनि समय पनि मिलने त्यसैले उहाँले अर्को विकल्प रोज्नु भयो । त्यो थियो व्यापार गर्ने ।
अहिले उहाँले एसियन फुड मार्केट खोज्नु भएको छ । व्यपार व्यवसाय पनि राम्रो चलेको छ । उहाँ भन्नुहन्छ आफनो स्वतन्त्रताको लागि जागिर छाडे । अहिले समाज सेवातिर समयदिन पनि भ्याएकै छु । मेरो समाजको लागि मैले के योगदान दिनसक्छु मेरो ध्यान यसैमा मात्र केन्द्रीत छ ।
जीवनमा उहाँले धेरै आरोह र अवरोहसँग जुध्नु भएको छ । सुर्खेतवाट विवाह गरेर रुकुम गएपछि जनु अवस्था देख्नु भयो । जुन ठाउँ देख्नु भयो, जुन मान्छेहरु भेटनु भयो । उहाँलाई लाग्यो मान्छेहरु पनि यस्तो ठाउँमा बस्दा रहेछन । मान्छेको जीन्दकी पनि यस्तो हुँदो रहेछ । यस्तो दुख पनि हुँदो रहेछ भन्ने महशुस भयो त्यो उहाँले कहिल्यै पनि भुल्न सक्नु हुदैन होला । यस्ता घटना र दृश्यहरु उहाँको दिमागमा ताजै छन ।
खुशी र दुखीको एउटै क्षण
एक पटक डाकटर श्रीमानलाई क्यान्सर भएको भने । उहाँ छाँगावाट खसे झै हुनुभयो । त्यसपछि फेरी छैन भने त्यो वेला उहाँको खुशीको सिमा नै रहेन । डाक्टर पनि कहिले काही हावा हुँदा रहेछन उहाँले भन्नुभयो क्यान्सर नै नभएको मान्छेलाई क्यान्सर भयो भने पछि नभएको पुष्टी भयो । त्यही हो उहाँको जीवनको सवैभन्दा खुशी र दुखी भएको क्षण । त्यही घटनाले उहाँलाई कहिले काही डाक्टरहरु पनि शन्की हुँदा रहेछन अनि भरोसा गर्न लायक पनि हुदाँ रहेनछन भन्ने महसुस भयो ।

सोचेको जस्तो छैन अमेरिका
सवै नेपालीको सपना अमेरिका हुन्छ । तर थापाको अनुभवले भन्ने अमेरिका नेपालमा बसेर सोचे जस्तो छैन । हामीले सोचेको जस्तो छैन अमेरिका । यहाँ आएपछि बल्ल नयाँ जीवनको सुरुवात हुन्छ । नेपाल र अमेरिका एकदमै फरक छ । धेरै संर्घष गर्नुपर्छ । नेपालवाट अमेरिका जनु भनेको एउटा संसारवाट अर्को संसारमा जानु जस्तै हो । अमेरिका वस्तवमा सपनाकै देश हो । हरेका क्षेत्रमा उत्तिकै विकास भएको छ । सवै पढे लेखेका छन । कुनै पनि कुराको अभाव छैन । सवैले सवैलाई आदश सम्मान गर्छन । विकासको दृष्टिले नेपाल अमेरिकाको तुलनामा ३÷४ सय वर्ष पछि छ । अमेरिका त्यसै अमेरिका भएको हैन उहाँले भननुभयो ।

जीवन गुडिरहेको कार
जीवन गुडिरहेको कार हो । वीच वीचमा बिग्रन्छ मर्मत गर्नुपर्छ । यसलाई कस्तो बनाउने, कसरी हाक्ने, कसरी मर्मत गर्ने, हाम्रै हातमा छ । जसरी कार हामीले जता लिन्छौ त्यतै जान्छ । त्यस्तै हामीले जस्तो सोच्यौ जीवन पनि त्यस्तै हुन्छ । त्यसैले मरी लिनु केही छैन । आफुले जति सकिन्छ सहयोग गर्नपर्छ भन्ने मान्यता थापाको छ ।
बाँचुन्जेल समाजसेवा
उहाँले भावी योजना पनि दिन दुखीहरुको सेवा गर्ने नै वनाउनु भएको छ । जनहितमा काम गर्छु । सेवा नै धर्म हो । समाज सेवाको मार्गमा थुप्रै चुनौतिहरु हुन्छन । तिनलाई छिचोल्दै अघि बढनु पर्छ । समाज सेवामा लाग्नेहरुले मन चाही फराकिलो बनाउनै पर्छ । विद्धानहरु भन्ने गर्छन, कुनै पनि विषयमा सफलता हासिल गर्ने पहिलो खुड्किलो सकारात्मक सोचाई हो । त्यही सकारात्मक सोचाईवाट प्रेरित युवा समाज सेवा जयन्ती थापाको समाज सेवाको आगामी यात्रा पनि सफल हुनेमा कुनै शंका छैन ।

(पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित)




फेसबुकबाट तपाईको प्रतिक्रिया