हेलिकप्टरबाट उद्धार गरेर गर्भवतीको ज्यान जोगाइयो

जाजरकोटको नलगाड नगरपालिका ६ की गर्भवती पार्वती ओलीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विहिबार उनलाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमकी संयोजक अन्जु ढुंगानाले बताइन् ।


उनले अहिलेसम्म हेलिकप्टेरबाट उद्धार गरेर दुर्गम क्षेत्रका ११३ जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगाएको पनि उल्लेख गरिन् ।
बुधबार लडेर समस्या भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र दल्ली ल्याइएको थियो ।
उच्च रक्तश्राप भएपछि उनलाई त्यहाँ उपचारमा कठिनाई भएपछि हेलिकप्टेरबाट उद्धार गरी सुर्खेत ल्याइएको थियो ।
घाँस काटने बेला लडेपछि बच्चाको पेटभित्रै मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
लडेपछि सालबाट बच्चा अलग भएपछि उच्च रक्तश्राप भएको थियो ।
प्रदेश अस्पताल सुर्खेत पुरयाउँदा उनको शरीरमा रगतको मात्रा ३ दशमल ८ पिन्ट मात्रै स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रदेश अस्पतालमा स्वास्थ्यकर्मीले नर्मल रुपमै उनको पटबाट मृत बच्चा निकालेका थिए ।
अहिले उनलाई आइसीयूमा राखेर उपचार थालिएको उचारमा संलग्न डा. सजिप्ता पन्तले बताइन ।
उनले भनिन्, उच्च रक्तश्रापको कारण शरीरमा रगतको मात्र एकदमै कम भएकोले कम्तिमा पनि ५ पिन्ट रगत चढाउनु पर्छ ।


अहिले रगत चढाएर उचार गरिएको र स्वास्थ्यमा क्रमिक सुधार भैइरहेको छ ।
उनलाई उद्धार गर्नको लागि नलगाड नगरपालिका र जिल्ला प्रशासन कार्यालय जाजरकोटले पहल गरेका थिए ।

हेलिकप्टेरबाट तुरुन्तै उद्धार नगरी अस्पताल नपुरयाएको भए गर्भवतीको ज्यान पनि जान सक्ने खतरा चिकित्सकहरुले बताएको बीसीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले बताए ।

उच्च रक्तश्रापको कारण गर्भवतीको ज्यानै जानसक्ने जोखिम भएपछि स्वास्थ्यकर्मीको सल्लाहमा उद्धारको लागि पहल गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया